HamroNepalDainik.com
समाचार

वीरगंज सिटी मार्केटमा ५३ जनाद्वारा रक्तदान

वीरगंज । वीरगंज सिटि मार्केटकाे आयाेजना शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज सिटी मार्केट अगाडी भएकाे  कार्यक्रममा ५३ जनाले रक्तदान गरेकाे विक्की सर्राफले जानकारी दिए ।

कार्यक्रममा जयप्रकाश पटेल, विक्की सर्राफ, कलाम मन्सुरी, सदाम खान, सगिर अलि, मोहित गुप्ता, सोनु गुप्ता, महेश पटेल, राहुल जयसवाल, उमेश गुप्ता, अन्कित गुप्ता, बालकृष्ण चौधरी, अर्जुन गुप्ता, प्रधुमन गुप्ता लगायतकाले रक्तदान गरेकाे उनले जानकारी गराए ।

करन रौनियार र बिक्की सराफको संयाेजनमा भएको रक्तदान कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, वाइसीएलका केन्द्रिय सदस्य ओम प्रकाश गुप्ता, नेवि संघ ठा.र.ब. क्याम्पसका सभापति मनोज कुमार साह, भोलेन्टिएर समूह वीरगंजका संयोजक राजन श्रीवास्तव, युवा वचन संस्था पर्साका अध्यक्ष किसु सर्राफ लगायतको सहभागीता रहेको थियो ।

रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

Related posts

नेपाली काँग्रेस बिन्दवासिनी गा.पा.द्धारा झौवा स्कूलमा बृक्षारोपण

hamronepaldainik

पर्सामा अनियमति लोडसेडीगं विरुद्ध युवा नेताहरु द्वरा प्रदर्शन

hamronepaldainik

वडाकाे कामकाज छाेडी प्र.प्र अधिकृतकाे सरुवामा कालिकामाईका वडाध्यक्षहरु व्यस्त

hamronepaldainik
HamroNepalDainik