HamroNepalDainik.com
समाचारस्थानिय

धान झार्ने थ्रेसरले च्यापीदा ८ वर्षीय बालकको मृत्यु

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ माधवपुरमा धान झार्ने थ्रेसरले च्यापीदा एक बालकको मृत्यु भएको छ । स्थानिय भुटेश्वर साहका ८ वर्षिय छोरा ओमबाबु साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धान झार्नको लागि थ्रेसर खेतमा लिएर जादै कर्ममा थ्रेसर पल्टिदा च्यापेर  गम्भीर घाइते भएका ओमबाबु साहलाई उपचारको लागि तराई अस्पताल ल्याइएको थियो । उपचारको क्रममा अ राति  ९ बजे बालकलाई अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले थ्रेसर र ट्याकटर दुईटै नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Related posts

कालिकामाईकाे गदियानीमा नेपाली कांग्रेसकाे टाेल समिति गठन

hamronepaldainik

स्वतन्त्र उम्मेदवार प्रमोद जयसवालको घरदैलोमा दिन प्रतिदिन जनलहर बढ्दै

hamronepaldainik

वीरगञ्जमा राजेशमान प्रतिको जनलहर बढ्दै

hamronepaldainik
HamroNepalDainik