HamroNepalDainik.com
राजनीतिराष्ट्रियसमाचार

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

१२ कात्तिक,

स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेको छ । बिहान ११ बजे कतार एयरवेजमार्फत प्रधानमन्त्री देउवा नेतृत्वको टोली ग्लास्गो प्रस्थान गरेको हो ।

पाँचौंपटक प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण गर्न लागेका देउवासँगै ग्लास्गो जाने टोलीमा ६ जना सचिव छन् । जसमा परराष्ट्र सचिव भरतराज पौड्याल, वन तथा वातावरण सचिव पेमनारायण कँडेल, अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी छन् ।

भ्रमण टोलीमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, वन मन्त्रालयका सहसचिव राधा वाग्ले, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी, मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की र प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट छन् ।

त्यसैगरी, भीआईपी सुरक्षा निर्देशिकाले तोकेको मापदण्डअनुसार सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह, नेपाल प्रहरीका डीएसपी कोमल शाह, सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत र सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार प्रधानमन्त्रीसँगै जाँदै छन् । अन्य सदस्य बेलायतस्थित नेपाली दूतावासबाट सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । कोप–२६ कात्तिक १२ देखि २६ सम्म हुँदै छ । प्रधानमन्त्री देउवा कात्तिक १७ मा नेपाल फर्कनेछन् ।

 

Related posts

नगर प्रमुख सिंहको पहलमा अबदेखि वीरगञ्जमै मृगौला प्रत्यारोपण सुरु हुँदै

hamronepaldainik

कर सम्बन्धि एक दिने तालिम सम्पन्न

hamronepaldainik

पत्रकार साह माथी दुर्ब्यवहार गर्ने प्रहरीलाई कारवाहीकाे माग

hamronepaldainik
HamroNepalDainik