HamroNepalDainik.com
समाचारस्थानिय

सिडियोले शान्ती सुरक्षा दिलाउन नसकेपछि कर्मचारीहरु आन्दोलित

वीरगंज, २० माघ । कर्मचारी दुर्व्यवहार गर्नेलाई कारवाहीकाे माग गर्दै कर्मचारीहरुले आज जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गरेका छन् ।धाेबिनी गाउँपालिकाका याेजना शाखा प्रमुख पप्पु पटेलालाई दुर्व्यवहार गर्नेलाई कारवाहीकाे माग गर्दै नेपाल निजामती कर्मचारी संगठन पर्साकाे नेतृत्वमा कर्मचारीहरु जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।

कर्मचारीहरु कार्यालयकाे कामकाज ठप्प पारी कार्यालय समय १०:३० बजेदेखी ११:३० बजे सम्म एक घण्टा जिल्ला प्रशास कार्यालयकाे मुल गेटमा धर्ना दिएका थिए । उनीहरुले धाेषीलाई कारवाही गर, शान्ति सुरक्षा कायम गर, कर्मचारी एकता जिन्दावाद लगायतकाे नारा समेत लगाएका थिए ।

गाउँपालिकाकाे वडा नम्बर १ की वडा सदस्य शान्ति देवीका श्रीमान् धर्मन राउत कुर्मीसहित ठेकेदार र स्थानीकाे एक समुहले माघ १३ गते बिहिबारका दिन याेजना शाखा प्रमुख पटेललाई दुर्व्यवहार गरेका थिए ।

दाेषीलाई कारवाही गर्न जाहेरी लिएर जादाँ पनि प्रहरीले दर्ता नगरेकाे निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीले वताए । जाहेरी दर्ताकाे लागि प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल र प्रहरी उपरिक्षक रमेश कुमार बस्नेतसंग पहल गर्दा पनि दर्ता नभएकाे उनले गुनासाे गरे ।

अध्यक्ष गिरीले कर्मचारीलाई शान्ति सुरक्षाकाे व्यवस्था मिलाईदिन प्रमुख जिल्ला अधिकारी ढकालसंग मागसमेत गरे ।

गाउँपालिकाबाट कृषकलाई वितरण गर्नु पर्ने मोटर आफुले भनेकाे ठेक्दारमार्फत खरिद नगरेकाे आक्राेशमा धर्मनसहितकाे समुहले योजना शाखा प्रमुख पप्पुलाई उनकै कार्यकक्षमा गाली गलौजसहित लछार पछार गर्दै कुटपिटकाे प्रयास समेत गरेकाे थियाे । धर्मनसहितकाे समुहले पप्पुलाई उन कै कर्यकक्षमा २ घण्टा सम्म थुनी कोठा बाहिर समेत निस्कन दिएका थिएन ।

कर्मचारी संगठनले माघ १७ गते साेमबार कर्मचारी दुर्व्यवहार गर्ने कुर्मीमाथी कारवाहीकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्रसमेत बुझाएकाे थियाे ।

धर्ना कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन पर्साका सचिव सुरेन्द्र यादव, काेषाध्यक्ष राजेश राम, धाेविनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, पटेर्वा सुगाैली गाउँपालिका र पाेखरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव, जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता लगायतका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

Related posts

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता अब वीरगंजमा

hamronepaldainik

अडिट फर्ममा छापा, कागजात र कम्प्युटर नियन्त्रणमा

hamronepaldainik

अश्लिल गीत तथा डिजे बन्दको निर्णय, कार्यान्वयनका लागि संवाद कार्यक्रम

hamronepaldainik
HamroNepalDainik