HamroNepalDainik.com
समाचारस्थानिय

पाेखरियामा मालापाेत तथा नापी कार्यालयकाे उद्घाट यही फागुन १५ गते हुने

वीरगंज । पर्साकाे दाेस्राे सरदमुकामकाे रुपमा चिनिने पाेखरिया नगरपालिकामा स्थापन भएकाे मालपाेत तथा नापी कार्यालयकाे यही फागुन १५ गते बिहिबार उद्घाटन हुने भएकाे छ । पाेखरिया नगरपालिकाकाे वडा नं. ९ स्थित सेमरवारी चाैकमा  संचालनमा आउने मालपाेत तथा नापी कार्यालयकाे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी द्वारा उद्घाटन हुने  पाेखरिया नगरपालिकाका मेयर प्रधुमन चाैहानले वताए ।

पाेखरिया नगरपालिका कार्यालयले आयाेजना गर्न लागेकाे उद्घाटन कार्यक्रमकाे सम्पूर्ण तयारी अन्तिम चरणमा रहेकाे मेयर चाैहानले बताएका छन् ।

लामाे समयकाे प्रयासपछि संचालन  आउन लागेकाे मालपाेत तथा नापी कार्यालयकाे उद्घाटन कार्यक्रममा सहभागि हुन मेयर चाैहानले सम्पूर्ण नगरबासी तथा क्षेत्र बासीहरुमा अनुराेध समेत गरेका छन् ।

पाेखरियामा मालपाेत तथा नापी कार्यालयकाे उद्घाटन भएकाे दिन देखि नै कार्यालय संचालनमा समेत आउने आउने जनाइएकाे छ ।

पाेखरियामा मालपाेत तथा नापी कार्यालयमा संचालनमा आएपछि पाेखरिया सहित ग्रामिण क्षेत्रका जानतालाई भुमि सम्बन्धि सेवा पाउन सहज हुने विश्वास लिइएकाे चौहानले जानकारी दिएका हुन ।

Related posts

देशमा थप २ सय ५४ जनामा देखियो कोरोना सङ्क्रमण

hamronepaldainik

वीरगंज महानगरमा महाभीडन्तको तयारी, कस्ले मार्छ बाजी

hamronepaldainik

सिफारिस विपरीत सरकार ससर्त अनुदानमा केन्द्रित, वित्त आयोग असन्तुष्ट

hamronepaldainik
HamroNepalDainik