HamroNepalDainik.com
समाचारस्थानिय

पर्सामा चार वर्षमा ६७ जना हुन्डी कारोबारमा पक्राउ

वीरगंज । पर्सा प्रहरीले गत असार १७ गते एकैदिन वीरगंजका विभिन्न स्थानबाट स्रोत नखुलेको ठूलो रकमसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका–२ का २६ वर्षीय अनिलकुमार वर्णवाल, वीरगन्ज–३ आदर्शटोलका २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दीपकप्रसाद सोनार रहेका छन् ।

प्रहरीका अनुसार मकालु चोकमा वर्णवालको कालो ब्यागभित्र ९ लाख ४७ हजार रुपैयाँ फेला परेको थियो । कृषि विकास बैंक लिंकरोडमा श्रीवास्तवको कालो ब्यागभित्र १५ लाख ८१ हजार रुपैयाँ बरामद भयो । यस्तै, वीरगन्ज–१६ रजतजयन्ती चोकमा ना.१६ प २३२८ नम्बरको मोटरसाइकलमा सवार सोनारबाट ३ लाख रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

डीएसपी लम्सालका अनुसार पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम ‘हुन्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रहरी तथ्यांकअनुसार पर्सामा पछिल्लो चार आर्थिक वर्षमा अवैध तथा वित्तीय (हुन्डी) कारोबारमा ६७ जना पक्राउ परेका छन्। तीमध्ये ४६ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । उनीहरूको साथबाट चार करोड ८६ लाख ७८ हजार ६ सय २० रुपैयाँ बरामद भएको छ।

डीएसपी लम्सालका अनुसार हुन्डी कारोबार विदेशी मुद्राको अवैध लेनदेन र कर छलीमा संलग्न हुने भएकाले यसले मुलुकको आर्थिक प्रणालीमा नकारात्मक असर पारिरहेको छ, जसलाई नियन्त्रणका लागि प्रहरीको निगरानी बढाइएको छ।

Related posts

सुर्खेतमा युवकको मृत्युपछि प्रहरी विरुद्ध प्रदर्शन

hamronepaldainik

एन एम बि बैंक द्वारा महानगरलाई डस्टविन सहयोग

hamronepaldainik

जसपालाई फकाउन संसदीय दलको बैठकमै पुगेका थिए प्रधानमन्त्री

hamronepaldainik
HamroNepalDainik