HamroNepalDainik.com
Uncategorizedबैंक/वित्तसमाचारस्थानिय

एन एम बि बैंक द्वारा महानगरलाई डस्टविन सहयोग

२० वैशाख, वीरगन्ज। एनएमबी बैंक मधेश प्रदेश विभाजन शाखाले १२औं सम्पदा संरक्षणको अवसरमा आफ्नो बैंकको आदर्शनगर शाखा देखी नेपालको प्रवेशद्वार शंकराचार्य गेट सम्म पद यात्रा निकालेको छ। मधेश प्रदेश विभाजन शाखाले समाजिक उतर दायित्व अन्तरगत विहान साढे ६ बजेदेखि ८ बजेसम्म निकालेको पद यात्रामा सम्पदाको संरक्षणको विषयमा नाराबाजी गरेको थियो।

“सम्पदा हेरचाह हाम्रो जिम्मेवारी, वातावरण संरक्षण हाम्रो आवश्यकता” भन्ने नाराकासाथ निकालिएको मधेश प्रदेश पद यात्रामा मधेश प्रदेश विभाजन शाखाले वीरगन्ज महानगरपालिकालाई डस्टबिन सहयोग गरेको थियो।

मधेश प्रदेश विभाजन शाखाले वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, सरसफाई प्रमुख, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको उपस्थितिमा सरसफाई सामग्री डस्टविन हस्तान्तरण गरेको हो।

Related posts

“पार टि स्ट्रिट क्याफे” को उद्घाटन सम्पन्न

hamronepaldainik

साहको अध्यक्षतामा कानु युवा समाज नेपाल गठन

hamronepaldainik

कृषिमन्त्री भुसाल भन्छन्ः पूर्व पश्चिम नहर बनाऔँ

hamronepaldainik
HamroNepalDainik