HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचार

मोरङमा लुटेरा समूहद्वारा बैंक लुट्ने प्रयास, ३ जना पक्राउ

२५ असोज, विराटनगर । मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेको छ । तर असफल भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए । त्यसक्रममा लुटेर समूहको गोली लागेर बैङ्कका सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवर घाइते भएका छन् । उनको घाँटीमुनिको भागमा गोली लागेको छ ।

घाइते कुँवरलाई विराटनगरको न्यूरो अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार उनको घाँटीमुनिको भागमा दुई ठाउँमा दाग छ । चिकित्सकले शरीरबाट एउटा गोली निकालेका छन् ।

रङ्गेली नगरपालिका–२ घर भएका कुँवरले एक महिनाअघि मात्रै बैंकको सुरक्षा गार्डको काम शुरु गरेका थिए । उनले नेपाली सेनाबाट गत जेठमा अवकाश पाएका थिए । लुटपाटका लागि आएको समूहले बैक भित्र दुई राउण्ड गोली चलाएको बैंक स्रोतले बताएको छ ।

लुटेरामाथि प्रहरीको गोली

लुटपाटको प्रयासपछि भाग्दै गरेको समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् ।

उनीहरु अमाही बरियातीको सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको हो । लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर लुटेरा समूहका एक जना घाइते भएका छन् घाइतेको तिघ्रामा गोली लागेको छ । घटनाको अनुसन्धान गरिरहेको बताउँदै प्रहरी उपरीक्षक जिसीले लुटेराको साथबाट नगद नभेटिएको बताए ।

Related posts

गणपूरक सङ्ख्या नपुगेपछि अर्थसमिति बैठक स्थगित

hamronepaldainik

नेता राजेन्द्र महतो लाई बहुदरमाइमा भब्य स्वागत

hamronepaldainik

वीरगंज महानगरको असारे बजेटमा दुईजना पत्रकारको भागवण्डा

hamronepaldainik
HamroNepalDainik