HamroNepalDainik.com
समाचारस्थानिय

भोली देखि टाईफाइड रोग विरुद्धको खोप लगाईने

वीरगंज, ४ बैशाख ।

टाईफाइड खोप अभियान २०७८÷०७९ अन्र्तगत वडा खोप समन्वय समिति एवं सञ्चारकर्मीहरुको अभिमुखिकरण कार्जक्रम आज वीरगंजमा सम्पन्न भएको छ ।

वीरगंज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा जन स्वास्थ्य प्रवद्र्धन शाखा वीरगंजको आयोजनामा वीरगंज महानगरपालिका वडा नं. २ छपकैयाको स्वास्थ्य केन्द्रमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

वीरगंज महानगरपालिका वडा नं. २ का वडाध्यक्ष खलील अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २ स्वास्थ्य केन्द्रका ईन्चार्ज एवं वडा स्तरिय खोप समन्वय समितिका सदस्य सचिव मधुरेन्द्र मिश्रले यस स्वास्थ्य केन्द्र अन्र्तगतका १५ महिना देखि १५ वर्ष मुनीका करिब ३५ सयको हाराहरीमा रहेका बालबालिकाहरुलाई टाईफाइड रोग विरुद्धको खोप लगाउने लक्ष्य रहेको बताए । वडा नं. २ का स्वास्थ्य चौकीका २ जना कर्मचारी र सम्बन्धित निकायबाट थप २ जना कर्मचारी माग गरी ४ जनाको समुहले प्रत्येक स्कूलहरुमा गई खोप लगाउने तथा अन्तिम दिन स्वास्थ्य चौकीमा खोप लगाईने स्वास्थ्य केन्द्रका प्रमुख मिश्रले बताए ।

सो कार्यक्रममा वडा नं. २ का महिला वडा सदस्य नेसा खातुन, वडा सचिव रमेश श्रेष्ठ, महिला स्वयंसेविका पुष्पा सिंह, समाजसेवी सर्मिला न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

Related posts

पर्सा जिल्लाको मूल साझा समस्या समाधान गर्ने उम्मेदवारलाई मात्र मतदान गर्न अधिवक्ता प्रमोदको अनुरोध

hamronepaldainik

तराईमा चिसो बढेसँगै आगोको सहाराले दिनचर्या विताउँदै सर्वसाधारण

hamronepaldainik

नारायणी अस्पतालको अध्यक्षमा युवा नेता धिरज गुप्ता

hamronepaldainik
HamroNepalDainik