HamroNepalDainik.com
समाचार

ने.रा.मा.वि. निचुटामा साईकल वितरण

वीरगंज । प्रदेश नं.२ सरकारको “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे नेपाल राष्ट्रिय मा. वि. निचुटामा अध्ययनरत कक्षा-८ का छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

भारतिय दूतावास वीरगंजका बाणिज्य दुत शैलेन्द्र कुमारकाे प्रमुख आतिथ्यमा एवं जसपा नेपालका प्रदेश सदस्य दिपक यादवको विशेष पहलमा एक कार्यक्रमका विच ४४ जना क्षात्राहरुलाई साइकल वितरण गरिएको जसपाका युवा नेता शिव कुमार साहले बताए ।

नेपाल राष्ट्रिय मा. वि. निचुटाको प्र.अ. श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालको संघीय परिषद सदस्य सलाउदिन अहमद, मुस्लिम फोरम केन्द्रिय अध्यक्ष नुरुलहोदा अन्सारी, प्रदेश सदस्य दिपक यदव, क्षेत्रीय अध्यक्ष नगेन्द्र यादव लगायतकाे सहभागिता रहेको थियो ।

Related posts

शिक्षा समितिको सदस्यमा चौरसिया मनोनित

hamronepaldainik

बिन्दवासिनी गाउँपालिका अध्यक्षमा लोसपा बाट तिवारी र उपाध्यक्षमा एमाले बाट चाैरसिया विजयी

hamronepaldainik

सकियो निजामती विधेयकमा संशोधनकर्ताको छलफल 

hamronepaldainik
HamroNepalDainik