HamroNepalDainik.com
समाचार

चपुरमा सुमो र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

१० भदौ, रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल  एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमाहानगरपालिका–१५  मा बस्‍ने तुलसी ओझा र मोरङ्गको सुन्दरहरैचा नगरपालिका–११ मा  बस्‍ने विवश बास्कोटा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताएका  थिए  । उनीहरूको घटनास्थलमै मृत्यु भएको डिएसपी राइले बताएका थिए  ।

उनका अनुसार चन्द्रपुर नगरपालिका वडा-४ स्थित पूर्वपश्चीम राजमार्गको धन्सार पुल नजिकै पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको टाटा सुमो र पुर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकल एक आपसमा ठोकिएको थियो ।

दुर्घटना पश्चात प्रहरीले टाटा सुमो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

पर्सा क्षेत्र नं.३(क) को प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल लोकप्रिय बन्दै

hamronepaldainik

बिधालय ब्यवस्थापन समिति गठन बारे संवाद कार्यक्रम सम्पन्न

hamronepaldainik

सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी रवि लामिछानेमाथिको मुद्दा फिर्ता

hamronepaldainik
HamroNepalDainik