HamroNepalDainik.com
समाचार

चपुरमा सुमो र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

१० भदौ, रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल  एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमाहानगरपालिका–१५  मा बस्‍ने तुलसी ओझा र मोरङ्गको सुन्दरहरैचा नगरपालिका–११ मा  बस्‍ने विवश बास्कोटा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताएका  थिए  । उनीहरूको घटनास्थलमै मृत्यु भएको डिएसपी राइले बताएका थिए  ।

उनका अनुसार चन्द्रपुर नगरपालिका वडा-४ स्थित पूर्वपश्चीम राजमार्गको धन्सार पुल नजिकै पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको टाटा सुमो र पुर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकल एक आपसमा ठोकिएको थियो ।

दुर्घटना पश्चात प्रहरीले टाटा सुमो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

एसपी कुमोध ढुंगेल पर्सामा आउदै

hamronepaldainik

सरसफाईमा वीरगंज महानगर निर्मम, जथाभावी पर्चापम्प्लेट टाँस्दै गरेका एक जना नियन्त्रणमा

hamronepaldainik

न्युज लेखेको भन्दै पत्रकार राहुल गुप्तामाथि ज्यान मार्ने धम्की

hamronepaldainik
HamroNepalDainik