HamroNepalDainik.com
Uncategorizedशिक्षासमाचार

एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

१ फागुन ,बीरगंज । वीरगंज महानगरपालिका रनिघाट स्थित एभरेष्ट पब्लिक स्कुलले शुक्रबार फुड फेसटिबल कार्यक्रम सम्पन्न गरेको छ ।

स्कूल परिसरमा आयोजित कार्यक्रममा स्कूलका कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरु माछा, मासु, घोंगी, पानीपुरी,मोमो, चाउमिन  लगायतका १२ वटा स्टलहरु राखेका थिए ।

विद्यार्थीहरुको मनोबल उच्च पार्न तथा विद्यार्थीहरुले पढदै सिक्दै कमाउदै भन्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको स्कूलका प्रिन्सिपल नितु चौरसियाले बताईन् ।

विद्यार्थीहरुले बनाएको परिकार खाएर कार्यक्रमका अतिथि एवं सहभागीहरुले खुबै प्रशंसा गरेको अभिभावक रामेश्वर चौरसियाले बताए ।

स्कूलका प्रिन्सिपल नितु चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, बिशिष्ट अतिथि डा. उमेश चौरसिया, त्यसैगरी उमेश साह, डा रामनाथ यादव, नुर्शेद आलम, सुद्धा पन्जियार, सुमन चौधरी, उतम चौधरी, ,रजनी कर्ण शिक्षक दिलिप पासवान, अनुराग तिवारी, बिना चौधरी, आरती गुप्ता, रन्जना जोशी, अमृता कर्ण , निखत प्रविण संचारकर्मी, स्थानीय लगायत अभिभावकहरुको उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजिकरण अरुण यादवले गरेका थिए ।

Related posts

महानगरद्वारा ‘मुस्लिम उत्थान सुझाव समिति’ गठन

hamronepaldainik

२० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय

hamronepaldainik

एच.ए लाईसेन्समा नाम निकाल्न सफल छात्रालाई सम्मान

hamronepaldainik
HamroNepalDainik