HamroNepalDainik.com
शिक्षासमाचार

एच.ए लाईसेन्समा नाम निकाल्न सफल छात्रालाई सम्मान

वीरगंज । एच.ए (हेल्थ असिस्टेन्ट) लाईसेन्समा नाम निकाल्न सफल भएका छात्राहरुलाई व्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनले शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको १३ औं नाम दर्ता प्रमाणपत्र परीक्षा गत बैशाख ९ गते देखी ११ गते सम्म संचालन भएको थियो । सो परीक्षको प्रमाणपत्र तहको १३ औं नाम दर्ता प्रमाणपत्र परीक्षामा व्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनका छात्राहरुले सत प्रतिशत उत्तिर्ण गरेको जनाइएको छ ।

एच.ए लाईसेन्समा उत्तिर्ण भएका छात्राहरु आस्था साह, राज नन्दनी जैसवाल, अन्नु यादव, पुस्पा कुमारी ठाकुर र मिन्चु पटेल रहेको व्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनले जनाएको छ ।

एजुकेशनका संचालक एवं कार्यक्रमका अतिथी समेत रहनुभएका डा.अनुपम उपाध्यायले उत्तिर्ण गरेका छात्राहरुको उज्वल भविषयको कामनसहित बधाई तथा शुभकामना दिएका हुन् ।

Related posts

हावाटंकी बिस्फोट हुँदा १ जानाको मृत्यु १ घाइते

hamronepaldainik

पकाहामैनपुर गाऊपालिका का अध्यक्ष चौरसियाको व्यापक भ्रष्टाचार बिरुद्ध युवाहरुको प्रदर्शन

hamronepaldainik

लोसपा पार्टीबाट बीरगंज महानगरपालिकाका मेयर अधिवक्ता सुरेन्द्र कुर्मी निश्चित

hamronepaldainik
HamroNepalDainik