HamroNepalDainik.com
समाचारस्थानिय

लोसपा पार्टीबाट बीरगंज महानगरपालिकाका मेयर अधिवक्ता सुरेन्द्र कुर्मी निश्चित

बीरगंज, १० चैत्र बीरगंजमा आयोजित लोकतान्त्रिक समाजवादी पार्टीको पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाका कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज बीरगंज स्थित टाउन हलमा उद्घाटन भएको छ ।

सो प्रशिक्षण कार्यक्रममा स्थानीय तहमा इमान्दार विचारधारा प्रति पूतिबद्ध, संघर्षमा जेल नेल गएका, जित्न सक्ने सक्षम व्यक्तित्वलाई मेयर पदमा लडाईने प्रशिक्षण कार्यक्रममा नेताहरुले जोड दिएका थिए । बीरगंज महानगरपालिका प्रदुषण, भ्रष्टाचारबाट ग्रसित रहेको हुदा बीरगंज प्रदुषण, भ्रष्टाचारमुक्त र रोजगारीयुक्त बनाउन मेयर पदमा सुरेन्द्र कुर्मीलाई प्रत्याशी बनाउन बीरगंजका कार्यकर्ताले नेतृत्व समक्ष माग गरेका छन् ।

सोही कार्यक्रममा उपस्थित भएका बीरगंजका ख्याती प्राप्त अधिवक्ता सुरेन्द्र कुर्मीसग कुराकानी गर्दा आम जनताको चाहना र पार्टीको तर्फबाट मेयर पदमा टिकट दिएमा बीरगंज महानगरपालिकालाई स्वच्छ र सम्वृद्ध बनाउन आफु मेयरको प्रत्याशी बन्ने कुर्मीले पनि समर्थन जनाउनु भएको थिए ।

Related posts

पकहामैनपुर गापा अध्यक्ष मेयर चौरसियामाथि आक्रमणको प्रयास

hamronepaldainik

समाजले नस्वीकारेको कारण बाच्नका लागि यौनकर्मी बन्नुपर्ने बाध्यता हो : तेश्रोलिङ्गी

hamronepaldainik

बिहिबारदेखि सरकारी खर्च ५ देखि ७ दिनसम्म रोकिने

hamronepaldainik
HamroNepalDainik