HamroNepalDainik.com
समाचार

बिन्दवासिनीका असई तिवारीद्वारा एक दलित माथी बुट प्रहार

वीरगञ्ज । पर्साको बिरगंज महानगरपालिका वडा नं.१९ बिन्दवासिनीमा लागेको मेलामा फुलौना बेचने एक दलितलाई बिन्दवासिनी अस्थाई प्रहरी पोष्टका असई नवलेश तिवारीले बुट प्रहार गरि घाईते बनाएका छन् ।

पर्साको बिन्दवासिनीका बरुण रामले मेलामा बाटोमा फुलौना बेचेको भन्दै असई तिवारीले बुट प्रहार गरि बरुण रामलाई घाईते बनाएका छन् ।

बरुण रामलाई असई तिवारीले घाईत बनाए पछि स्थानियहरुले बिन्दवासिनी अस्थाई प्रहरी पोष्टलाई घेराउ गरेका छन् । यस विषयमा बिन्दवासिनी अस्थाई प्रहरी पोष्टका असई तिवारी संग फोन सम्पर्क गरि बुझदा म दश मिनेट पछि कुरा गर्छु भन्दै फोन काटे तर २० मिनेट पछि फोन गर्दा सम्पर्क हुन सकेन ।

“प्रहरी मेरो साथी” सुरक्षा गर्ने ठाउँमा उल्टै दलित माथी बुट प्रहार गरि घाइते बनाएपछि त्याहाका स्थानीयले यस्ता दमन गर्ने प्रहरी साथी चाहिदैन भन्दै स्थानीयहरुले आपती जनाएका छन । 

Related posts

कालिकामाई गाउँपालिकाको ८ औं गाउँसभा सुरु उपाध्यक्ष बरैनीको कारण नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण स्थगित

hamronepaldainik

जाजरकोट बस दुर्घटनाका १५ जना घाइतेलाई नेपालगञ्ज पठाइयो

hamronepaldainik

नेकपा एकीकृत( समाजबादी )को उमेदवारहरुको प्रचार अभियान तिब्र

hamronepaldainik
HamroNepalDainik