HamroNepalDainik.com
समाचारस्थानिय

कालिकामाई गाउँपालिकाको ८ औं गाउँसभा सुरु उपाध्यक्ष बरैनीको कारण नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण स्थगित

वीरगंज २४ असार ।
पर्साको कालिकामाई गाउँपालिकाको ८ औं गाउँसभा अधिवेशन तथा आ.व. २०७९÷०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण शुक्रवार एक कार्जक्रमका बिच शुभारम्भ भएको छ ।
गाउँपालिकाको वडा नं. ३ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, हरिहरपुर बिर्तामा भएको अधिवेशनमा गणपुरक संख्या नपुगेको कारण आ.व. २०७९÷०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण स्थगित भएको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरीले औपचारिक रुपमा अधिवेशन सुरु भए पनि प्राविधिक कारणले गणपुरक संख्या नपुगेकोले स्थगित गर्नु परेको दुःखेसो सुनाए ।
बैठकका सचिव समेत रहेका गिरीले कानुनी रुपमा अर्को बैठक आह्वान गरी जम्मा जनप्रतिनिधिको न्युनतम ३३ प्रतिशत सहभागी भएको खण्डमा नीति, कार्यक्रम र बजेट सार्वजनिकिकरण गर्न सकिने र ५० प्रतिशतले सभामा आएको एजेण्डा पास वा फेल गर्न सकिने बताए ।
कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिका अध्यक्ष बशिष्ट कुमार कलवारले उपाध्यक्ष राजमती देवी बरैनीले एकलौटी रुपमा भागबण्डा खोजेको कारण सफल हुन नसकेकोमा दुःख व्यक्त गर्नु भयो । उपाध्यक्षले राजश्व परामर्श समितिको पटक–पटक बैठक बसाई छलफल गर्नु पर्नेमा उपाध्यक्षले सो कार्य नगरेको र एकलौटी रुपमा आफुलाई अढाई करोड भन्दा बढी बजेट दिनु पर्ने अडान राख्दै केही वडाध्यक्षहरुलाई पनि आफ्नो प्रभावमा पारी कार्जक्रमलाई असफल बनाउन प्रयास गरिरहेको बताउनु भयो । हेर्नमा थुप्रै बजेट देखिए पनि थुप्रै कामहरु पनि गर्नु पर्ने भएकोले विकास बिरोधी उपाध्यक्ष र दुई जना वडाध्यक्षले भागबण्डामै बारम्बार अडान राख्दै आएको बताए ।
पालिकाको बजेट कुनै पनि व्यक्तिको नभई पुरै पालिकावासीको रहेकोले मलाई पनि बजेट चाहिदैन, बजेटमा भागबण्डा होईन, बजेटलाई सबै वडामा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारमा खर्च गर्नु पर्ने बताए ।
शिक्षामा थुप्रै विकृतिहरु रहेकोले सिसिटिभी क्यामरा जडान गर्नु पर्ने, स्वास्थ्य, कृषि, बाटोघाटोमा थुप्रै सुधार गर्नु पर्ने भएकाले बजेटमा भागबण्डा हैन पुरै पालिकामा आवश्यक रहेको कार्यहरुलाई प्राथमिक्ताका साथ पुरा गर्नमा आफु प्रतिबद्ध रहेको बताए । वडा नं. ५ का निवर्तमान वडाध्यक्षका अध्यक्ष पवन तिवारीले सञ्चालनमा रहेको स्कूललाई बन्द गराई त्यसमा भुसा राखिएको अवस्था पनि रहेकोले त्यस्ता थुप्रै स्कूलहरुलाई सञ्चालनमा ल्याउने हाम्रो अभियान नै रहने बताए ।
कुनै पनि जनप्रतिधिहरुलाई कुनै गुनासो छ भने बाहिर गएर होहल्ला, गलत प्रचार गर्नु भन्दा पनि वार्ताको माध्यमबाट समाधान गर्न सकिनेमा जोड दिएका थिए । कुनै पनि समस्या छ भने सभाबाट भागेर होईन, छलफलबाट समस्या समाधान गर्नु पर्ने बताए ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष लालबाबु राउत बरै, वडा नं. ३ का वडाध्यक्ष संजय कुमार पटेल, वडा नं. ५ का वडाध्यक्ष जयनारायण प्रसाद कुर्मी, कार्यपालिका सदस्यहरु चनरजोतिया दुसादिन, अकलिया खातुन मुकेरी, मालती देवी दुसादिन, ललिता देवी, हरिओम कुमार साह लगायत स्थानिय बुद्धिजिवि, समाजसेवी, कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।

Related posts

संसदमा दर्ता भयो राजनीतिक दल सम्बन्धी ऐनको संशोधन विधेयक

hamronepaldainik

कामै नसकी तिलावे पुल उद्घाटन गरिँदै

hamronepaldainik

सरकारी अस्पतालको पूर्वाधार र सेवाको गुणस्तर विस्तारमा नीजी क्षेत्रको सहकार्य बढनु सकारात्मक ः उपराष्ट्रपति यादव

hamronepaldainik
HamroNepalDainik