HamroNepalDainik.com
समाचार

जाजरकोट बस दुर्घटनाका १५ जना घाइतेलाई नेपालगञ्ज पठाइयो

१२ मंसिर, सुर्खेत । जाजरकोटमा भएको बस दुर्घटनाका १५ जना घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

गम्भीर घाइते भएका तीन जनासहित ६ जनालाई हेलिकप्टर र मध्यम अवस्था भएका ९ जनालाई एम्बुलेन्समार्फत लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

डीएसपी थापाका अनुसार सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर घाइतेहरुलाई नेपालगञ्ज लगिएको हो । दुर्घटनामा परी घाइते भएका १२ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस आइतबार बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । २९ जना घाइते भएका छन् । दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ भने बस सडकबाट करीब २०० मिटर तल खसेको छ ।

तीव्र गति र बाक्लो हुस्सुका कारण बस दुर्घटनाको भएको डीएसपी श्रेष्ठले बताए । ‘बस तीव्र गतिमा आएको, बाक्लो हुस्सुले गर्दा अगाडि नदेखिएपछि मोड्मा दुर्घटना हुन भएको प्राराम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने । साभार onlinekhabar

Related posts

नेपालका लागी नेपाली पार्टीको रक्तदान कार्यक्रममा ७० जनाले गरे रक्त दान

hamronepaldainik

एमाले विधान महाधिवेशन : न उत्साह, न एकता

hamronepaldainik

वीरगंज–१६ नगवा स्थित नेशनल मोडेल स्कूलको चौथो वार्षिकोत्सव सम्पन्न

hamronepaldainik
HamroNepalDainik