HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्ज महानगरको मेयरमा जसपाबाट सिँहको मनोनयन दर्ता

बिरगंज १२ बैशाख ।

मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको मेयरमा सता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशमान सिंहको उम्मेदवारी दर्ता गरेका छन् ।

तेसै गरी उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दर्ता गराएका छन् । बीरगन्जको आदर्शनगर रंगशालाबाट जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव लगायत हजारौँको उपस्थितीमा सिँह जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित निर्वाचन केन्द्रसम्म पुगेका हुन् ।

ब्यानर एवम् छाता चिन्ह र छातासहित हजारौ नेता तथा कार्यकर्ताहरु जसपाबाट सिँहको मनोनयन दर्ता गर्न उपस्थित थिए । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुबै जनाले उम्मेदवारी दर्ता गराएका हुन्। सता गठबन्धनले गरेको सहमतिअनुसार वीरगञ्ज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी र उपमेयर नेपाली कांग्रेसले पाएको छ। बाजागाजासहित मनोनयन दर्ता गराउन पुगेका सिँहले जनताको उत्साहजनक उपस्थितीले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् । प्रतिगमनविरुद्धको गठबन्धनले विजयी हाँसिल गरेर देखाउने सांसद प्रदीप यादवको दावी छ ।

केन्द्रिय समितिको निर्णयअनुसार पवित्र गठबन्धन भएको हुँदा यसमा कसैले घात नगर्ने र जनताको भलाई तथा बीरगन्जको बिकासका लागि सबैले ऐक्यबद्धता जनाएको यादवले बताए । जनताबाट प्राप्त गरेको साथ, समर्थन र मायाले सँधै भरी निरन्तरता पाइरहने र आगामी दिनमा अँझै जनलहर बढ्ने मेयरका उम्मेदवार सिँहको विश्वास छ ।

Related posts

१३ लाख नगद सहित जगरनाथपुरका रवि पटेल पक्राउ

hamronepaldainik

कक्षा १० का बिधार्थीहरु लाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न।

hamronepaldainik

थप २४ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि

hamronepaldainik
HamroNepalDainik