HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा सुशासन पार्टीबाट चौरसियाको उम्मेदवारी दर्ता

वीरगञ्ज, १२ बैशाख ।
पर्साको बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा नेपाल सुशासन पार्टीको तर्फबाट मधुसुदन चौरसियाले मनोनयन दर्ता गरेका छन् । नेपाल सुशासन पार्टी पर्साका अध्यक्षसमेत रहेका चौरसियाले गाउँपालिका अध्यक्षका लागि गाउँपालिका कार्यालयमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । नेपाल सुशासन पार्टीबाट गाउँपालिका अध्यक्ष चौरसियासँगै उपाध्यक्ष एवम् वडाअध्यक्ष तथा वडा सदस्यहरुको पनि उम्मेदवारी दर्ता गरिएको छ ।
गाउँपालिकामा युवाको नेतृत्वमा परिवर्तन गर्ने र सुशासनको स्थापना गर्ने अभिप्रायले अध्यक्षमा उम्मेदवारी दिएको चौरसियाले बताए ।

Related posts

छठ पर्वको अवसरमा बर्वामा सांगितिक कार्यक्रम सम्पन्न

hamronepaldainik

वीरगन्जमा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सम्बन्धी तयारी बैठक सम्पन्न

hamronepaldainik

वीउवासंघका कर्मचारीहरु द्वारा अध्यक्ष तथा पदाधिकारीहरुको स्वागत

hamronepaldainik
HamroNepalDainik