HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा सुशासन पार्टीबाट चौरसियाको उम्मेदवारी दर्ता

वीरगञ्ज, १२ बैशाख ।
पर्साको बिन्दवासिनी गाउँपालिकाको अध्यक्षमा नेपाल सुशासन पार्टीको तर्फबाट मधुसुदन चौरसियाले मनोनयन दर्ता गरेका छन् । नेपाल सुशासन पार्टी पर्साका अध्यक्षसमेत रहेका चौरसियाले गाउँपालिका अध्यक्षका लागि गाउँपालिका कार्यालयमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । नेपाल सुशासन पार्टीबाट गाउँपालिका अध्यक्ष चौरसियासँगै उपाध्यक्ष एवम् वडाअध्यक्ष तथा वडा सदस्यहरुको पनि उम्मेदवारी दर्ता गरिएको छ ।
गाउँपालिकामा युवाको नेतृत्वमा परिवर्तन गर्ने र सुशासनको स्थापना गर्ने अभिप्रायले अध्यक्षमा उम्मेदवारी दिएको चौरसियाले बताए ।

Related posts

जनता आवासमा भेदभाव वडा अध्यक्षको हैकमवादी चरित्र ,उपाध्यक्षका श्रीमान र वडाअध्यक्ष विच हातपात

hamronepaldainik

नारायणी अस्पतालका डाक्टर चौरसिया अहिले मानवीय सेवामा सक्रिय

hamronepaldainik

भारतले धान, चामल निर्यातमा लगाएको कर हटाउन बिरगंज उधोग वाणिज्य संघको माग

hamronepaldainik
HamroNepalDainik