HamroNepalDainik.com
समाचार

वीरगन्जमा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सम्बन्धी तयारी बैठक सम्पन्न

वीरगन्ज, पर्सा । वीरगन्जमा हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सम्बन्धी तयारी बैठक शुक्रबार सम्पन्न भएको छ । हिन्दु स्वयंसेवक संघका माननीय संघचालक तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिम्सिना ज्यूको सान्निध्यमा वीरगन्जमा “हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान” अन्तर्गत बारा र पर्सा जिल्लास्तरीय प्रबुद्ध नागरिक गोष्ठीको तयारी सम्बन्धी विशेष छलफल तथा विमर्श सम्पन्न भएको हो ।

उक्त छलफलमा स्थानीय समाजसेवी, शिक्षाविद्, धार्मिक अगुवा, युवा प्रतिनिधि तथा नागरिक समाजका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अभियानका उद्देश्य, हिन्दु समाजमा जागरणको आवश्यकता, राष्ट्रिय एकता र संस्कार संरक्षणका विषयमा विस्तृतरूपमा विचार–विमर्श गरिएको थियो। कार्यक्रममा संघचालक तिम्सिना ज्यूले हिन्दु मूल्य–मान्यता र राष्ट्रिय पहिचानको संरक्षणका लागि नागरिक स्तरमा चेतना फैलाउन सबैलाई आह्वान गर्दै आगामी गोष्ठीलाई सफल बनाउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।

छलफलका क्रममा बारा र पर्सा जिल्लामा हुनगइरहेको प्रबुद्ध नागरिक गोष्ठीको कार्यक्रम रूपरेखा, संयोजन समिति गठन र प्रचार–प्रसार रणनीतिबारे पनि विस्तृत योजना तय गरिएको आयोजकले जनाएको छ।

Related posts

६ कक्षामा पढ्ने छात्रामाथि यौनजन्य दुरव्यवहार गर्ने शिक्षक छुटाउन राजनीतिक चलखेल

hamronepaldainik

कानु युवा समाज नेपालको कृयाशिल युवाहरुको बैठक सप्पन्न

hamronepaldainik

बिरगंज महानगरपालिका वडा नम्बर ११ मा आईतबार देखि ४५ दिने कम्प्युटर लेखा सम्बन्धी तालिम शुरु

hamronepaldainik
HamroNepalDainik