HamroNepalDainik.com
समाचार

गठबन्धनको पक्षमा मतदान गर्न कांग्रेस नेता रिजाल र चौरसियाको अपील

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेस रिजाल र अजय चौरसियाले कसैलाई कुनै पनि दया नगरी गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् । नेपाल शिक्षक संघ पर्साले वीरगंजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन् ।

‘अहिले जहाँबाट उम्मेद्वार भए पनि पहिला हाम्रै संगठनमा थियो उसलाई सहयोग गर्छु भन्ने दया देखाउन जरुरी छैन,’ उनले भने, ‘कांग्रेस र गठबन्धनका उम्मेद्वारलाई जिताउने गरि लाग्नु होस् ।’

अहिलेको लडाई भनेको संविधान बिरोधीसंगको लडाई रहेको भन्दै उनले संविधान विरोधी, संघीयता विरोधी अनि मधेस र मधेसी विरोधीलाई मतदानबाट जनताले ठेगान लगाउनु पर्ने बताए ।

पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका रिजालले आचारसंहितालाई ख्यालमा राख्दै चुनावी अभियानमा जुट्न पनि शिक्षकहरुलाई आग्रह गरे ।

यस्तै क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका केन्द्रीय सदस्य अजय चौरसियाले फेरि पनि पर्सा जिल्लालाई कांग्रेसको गढ बनाउने गरि चुनावी अभीयानमा जुट्न आह्वान गरे ।

शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप जैसवारको सभापतित्वमा भएकाे कार्यक्रममा पार्टीका पर्सा जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर ३(ख) का उम्मेदवार जनार्दन सिंह क्षेत्री, क्षेत्र नं. १ (ख) उम्मेदवार एवम् जिल्ला उपसभापति रामनारायण कुर्मी, क्षेत्र नं. २ काे (क) का उम्मेदवार श्याम पटेल लगायतको सहभागिता रहेकाे थियो ।

Related posts

आयातमा कडाइपछि वीरगञ्जका भन्सारले भेट्टाएनन् लक्ष्य

hamronepaldainik

वरिष्ठ सई सागरसमशेर राणा निलम्बित

hamronepaldainik

ने.क.पा एमाले पर्सा जिल्लाको अधिबेशनमा अध्यक्ष पद काे लागि क. मनाेज गुप्ताले गरे उम्मेदवारीको घाेषणा

hamronepaldainik
HamroNepalDainik