HamroNepalDainik.com
समाचार

नारायणी अस्पतालमा डायलासिस सेवा सुरु, मिर्गौलाका बिरामीलाई राहत

Avatar

वीरगञ्ज, असोज २५। वीरगञ्जस्थित नारायणी अस्पतालमा डायलासिस सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। अस्पतालको कार्यालय भवनको पछाडिपट्टि रहेको क्याथ ल्याब भवनको माथिल्लो तल्लामा आज आइतबार डायलासिस सेवाको उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चितरञ्जन साहको उपस्थितिमा सेवा सञ्चालनमा ल्याइएको हो। कार्यक्रममा अस्पतालका लेखापाल अवधकिशोर चौधरी, स्टोर प्रमुख कमलेश सहनीलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो।
डायलासिस सेवा सञ्चालनमा आएसँगै मिर्गौलासम्बन्धी समस्याबाट पीडित बिरामीलाई अस्पतालबाटै उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। नियमित डायलासिस गर्नुपर्ने बिरामीका लागि यस सेवाले उपचारमा पहुँच बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
नारायणी अस्पतालमा डायलासिस सेवा सुरु हुनु स्थानीयस्तरमै मिर्गौलाका बिरामीलाई उपचार सुविधा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Related posts

पोखरियाको रानीगंज आयुर्वेद संस्थामा लापरवाही

hamronepaldainik

‘इको भ्यान’ दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

hamronepaldainik

हिन्दू परिष्द नेपालले गर्ने सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पुरा

hamronepaldainik
HamroNepalDainik