HamroNepalDainik.com
समाचारस्थानिय

पोखरियाको रानीगंज आयुर्वेद संस्थामा लापरवाही

वीरगंज । पर्साको पोखरिया नगरपालिकाको आयुर्वेद स्वास्थ्य संस्थामा सेवाग्राहीले सेवा नपाएको व्यापक जन गुनासो आईरहेको छ । जिल्लाकै सबैभन्दा पुरानो आयुर्वेद स्वास्थ्य संस्थामा रानीगंज आयुर्वेद संस्था पर्दछ ।

कुनै समय सेवाग्राहीको व्यापक भिड लाग्ने रानीगंज आयुर्वेद स्वास्थ्य संस्था अहिले भूत बंगलाजस्तै बनेको छ । क्यौं पटक सेवा लिन गएका स्थानीय त्यहाँ प्राविधिक कर्मचारी नभेटिने र कार्यालय सहयोगी मात्र भेटिने गुनासो गर्दछन् । नेपाल सरकारले तोकेका सेवासमेत त्यस संस्थाबाट प्रवाह नहुने गरेको जनगुनासो छ । संस्था प्रमुख रामेश्वर साह र प्राविधिक ब्रजेश झा त्यस संस्थामा कार्यरत रहेपनि हप्तामा एक÷दुई दिन मात्र आउने स्थानीय बताउँछन् ।

यस विषयमा पोखरिया नगरपालिकामा सम्पर्क गर्दा आयुर्वेद शाखा हेर्ने राबिन्द्र कुमार यादवले आफू बैरिया विर्ता आयुर्वेद संस्था हेर्ने र यहाँ जनतालाई जिल्लाभरीकै संस्था मध्ये प्रभावकारी रुपमा सेवा प्रवाह गरेको बताउँछन् । पर्सा जिल्ला भित्र रहेको संस्थामध्ये बैरिया बिर्ता आयुर्वेद संस्था सेवा प्रवाहमा अग्रपंक्तिमा रहेको दाबी गर्दै यादवले रानीगंज संस्थाबारे कमीकमजोरी रहेको स्वीकार्छन् ।

आफूले रानीगंज संस्थामा सेवा प्रवाह नगर्ने र त्यहाँका कर्मचारीलाई कारबाही समेत गर्न नमिल्ने बताउँदै यादवले यो विषयमा नगरपालिकाले नै निगरानी गर्नु पर्ने बताए । उनले रानीगंजका स्थानीय समेत बैरियाको संस्थामा सेवा लिन आउन गरेको बताए ।
यस विषयमा रानीगंजका संस्था प्रमुखलाई रामिश्वर साहसंग फोन सम्पर्क गर्न खोज्दा मोबाईल स्वीच अफ रहेको पाईयो ।

Related posts

बन्धक शिशुलाई उद्धार गर्न जाँदा डीएसपीमाथि छुरा प्रहार

hamronepaldainik

कांग्रेस प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा युवा नेता चौरसिया मनोनित

hamronepaldainik

वीरगञ्ज महानगरका १० स्थानमा फ्री वाइफाई सुरु

hamronepaldainik
HamroNepalDainik