HamroNepalDainik.com
खेलकुदसमाचार

ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्टको फाईनल खेल ठाकुराम बहुमुखि क्याम्पस र नेशलन मेडिकल बीच हुने

वीरगंज । हाम्रो फुटसल र मेरिगोल्ड (+२) कलेजको संयुक्त आयोजनामा सञ्चालित ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्ट–२०८० को फाईनलमा ठाकुराम बहुमुखि क्याम्पस र नेशलन मेडिकल कलेज पुगेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ नगवा श्रीराम चौक स्थित हाम्रो फुटसल (फुटबल) खेल मैदानमा आयोजित टुर्नामेन्टको बिहिवार तेस्रो दिन भएको पहिलो खेल नेशनल मेडिकल कलेज र वीरगंज पब्लिक कलेज बीच भएको छ । सो खेलमा ६–१का विरुद्ध नेशनल मेडिकल कलेज विजयी भएको छ । पहिलो खेलको म्यान अफ दी म्याच नेशनल मेडिकल कलेजका किशमत कोईराला घोषित भएका थिए ।
त्यसैगरी आजै भएको दोस्रो खेल ठाकुरराम बहुमुखि क्याम्पस वीरगंज र नेशनल मेडिकल कलेज बिच सम्पन्न भएको छ । सो खेलमा ६–० को अन्तरले ठाकुरराम बहुमुखि क्याम्पस विजयी भएको छ । दोस्रो खेलको म्याद अफ दी म्याच मनोज घर्तीमगर घोषित भएका थिए ।
शुक्रवार हुने फाईनल ठाकुराम बहुमुखि क्याम्पस र नेशलन मेडिकल कलेज बीच रोमञ्चक खेल हुने आयोजक हाम्रो फुटसलका गौरव चौरसियाले बताए ।

Related posts

वीरगंजमा शैक्षिक मेलाको नाममा कन्सलटेन्सीहरुको ठगी धन्दा बढदै

hamronepaldainik

ठगी धन्दा चलाएका मेरी सर्भिसले बिरामीहरुको ज्यान सँग खेलवाड गर्दै

hamronepaldainik

नेपाल राष्ट्र बाद संघ ध्दारा पुर्ब श्री ५ युवराजधिराज पारस वीर विक्रम शाहदेव को जन्मोत्सव मनाइयो।

hamronepaldainik
HamroNepalDainik