HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्जमा ‘नेपाली महिला उद्यमी सम्मेलन’ कात्तिक ५ गते हुँदै

वीरगञ्ज ४ कार्तिक ।

वीरगञ्जमा पहिलो पटक ‘युवा महिला उद्यमी’ सम्मेलन हुने भएको छ। नेपाली युवा उद्यमी मञ्‍च (एनवाईईएफ) वीरगञ्जको आयोजनामा कात्तिक ५ गते शुक्रबार सम्मेलन गर्न लागिएको हो।

उद्यमी भइसकेका महिलालाई प्रोत्साहन गर्न र बन्‍न चाहनेलाई उत्प्रेरित गर्न सम्मेलनको आयोजना गर्न लागिएको नेपाली यूवा उद्यमी मञ्‍च वीरगंजका अध्यक्ष अनुप अग्रवालले जानकारी दिए। ‘उद्यम गरिरहेका महिलाले केही सिकुन, उनीहरुलाई थप उत्प्रेरणा भन्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो ।’

सम्मेलनमा उद्यमशीलताका विविध क्षेत्रहरुको बारेमा दक्ष अनुभवी व्यक्तित्वहरुबाट सिक्ने अवसर मिल्ने आयोजकको दाबी छ। सम्मेलनमा बुटिक, मेहन्दी, होम मेड फुड्स लगायत महिला उद्यमीले उत्पादन गरेका विविधि सामाग्रीको १० वटा स्टल राखिने छ। बिक्रीका लागि नभई पहिचान नपाएका उद्यमी महिलाको वस्तु वा सेवाको बारेमा जानकारी स्टलहरु मार्फत दिईने आयोजकले जनाएको छ।

सम्मेलनमार्फत युवा महिला उद्यमीले सामना गर्नुपर्ने समस्या तथा चुनौतीहरुको बारेमा चर्चा गर्नुको साथै ज्ञान, सीप तथा क्षमता अभिवृद्धिमा प्रोत्साहन मिल्ने एनवाईइएफ वीरगञ्जको कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक मनिषा सुनुवार श्रेष्ठले बताइन्।

Related posts

पर्सा जिल्लाको बिभिन्न नाका बाट तसकरी फस्टाउदै

hamronepaldainik

एकीकृत समाजवादीको अभियान : हरेक वडामा १०० संगठित सदस्य

hamronepaldainik

मानव बेचबिखनकाे अभियोगमा हाेटलका मेनेजरसहित ३ जना पक्राउ

hamronepaldainik
HamroNepalDainik