HamroNepalDainik.com
समाचार

वीरगञ्ज बाट लागुऔषध सहित एक जना पक्राउ

वीरगञ्ज, १ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।

बुधवार वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चोकमा लागु औषध खरिद बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी चौकी परवानीपुरले भारतीय नम्बरको मोटरसाइकलमा सवार एक जना व्यक्तिलाई चेकजाँच गर्दा १५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वा बस्ने वर्ष २२ को मुस्तुफा अन्सारीको सर्टको दाहिने खल्तीमा तीन वटा प्लाष्टिकको पुडियामा रहेको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १५ ग्राम फेला परेपछि नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

चुनाव जुन सुकै बेला पनि हुन सक्छ, तयारीमा लाग्नुस् : उपेन्द्र यादव

hamronepaldainik

बिन्दबासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट चौरसिया मनोनयन दर्ता

hamronepaldainik

काँग्रेसले टिकट नदिएका रितेश जसपाबाट भारी मतान्तरले बिजयी

hamronepaldainik
HamroNepalDainik