HamroNepalDainik.com
समाचार

भारतमा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई समात्न प्रहरीले गोली चलायो, नेपाली घाइते

२३ वैशाख, काठमाडौं । भारतीय प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एउटा गिरोहलाई समात्न गोली चलाएको छ ।

उत्तर प्रदेशको बाराबंकी शहरमा तीन जना अभियुक्तलाई समात्न प्रहरीले गोली चलाएको भारतीय अखबार दैनिक भास्करले जनाएको छ । मंगलबार बिहान राति रेन्दुवा पल्हडी मोडमा प्रहरीले शंकास्पद व्यक्तिहरु रहेको सूचनाका आधारमा खोजी कार्य थालेको भनिएको छ ।

त्यसक्रममा मोटरसाइकलमा सवार उनीहरुलाई रोक्ने कोशिस गरिएको तर, उल्टै प्रहरीतर्फ गोली चलाएपछि जवाफी कारबाही गर्नु परेको भनिएको छ । पक्राउ पर्नेमा नेपाली नागरिक टीलु पहाडी भनिने तिलक थापा, बिहारका मोहम्मद साजिद अन्सारी र मोहम्मद खुर्शीद छन् ।

प्रहरीको गोली लागेर घाइते थापाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । दुई भारतीय नागरिकलाई भने केही भएको छैन ।

थापाले भारतमा चोरिएका मोटरसाइकल नेपालमा ल्याएर विक्री गर्ने गरेको भनिएको छ । यो गिरोहबाट चोरीका ५ वटा मोटरसाइकल, ८८ ग्राम चाँदी, २ हजार १९० रुपैयाँ नगद र .३१५ बोरको हतियार र केही गोली बरामद भएको भनिएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ । अनलाईन खबर

Related posts

अध्यक्ष तिवारी र गाउँबासीहरुको सहयोगमा अष्टयाम सुरु

hamronepaldainik

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

hamronepaldainik

हरिखेतान क्याम्पसका प्रमुखले मनोमानी गरेको भन्दै नेवि संघद्वारा आन्दोलनको घोषणा

hamronepaldainik
HamroNepalDainik