HamroNepalDainik.com
प्रदेशराष्ट्रियसमाचार

तलब नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी १० दिनदेखि धर्नामा

नेपालगन्ज —

तीन महिनादेखिको तलब नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी १० दिनदेखि धर्नामा छन् । उनीहरू गत कात्तिक १ देखि कालोपट्टी बाँधेर अस्पताल परिसरमै धर्नामा बसेका हुन् । जसका कारण अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द छ । लेखा र प्रशासन शाखामा ताल्चा लगाइएको छ ।

कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले संयुक्त रूपमा धर्ना दिइरहेको आन्दोलन परिचालन समितिका सहसंयोजक कुश्माखर बस्यालले बताए । ‘प्रशासन हाम्रो समस्या सुन्नै तयार छैन,’ उनले भने, ‘अहिलेसम्म दुवै पक्षबीच छलफलसमेत भएको छैन ।’ अस्पतालका १ हजार २ सय स्वास्थ्यकर्मी र कर्मचारीले ३ महिनादेखिको तलब नपाएको उनको दाबी छ ।

आन्दोलनरत पक्षले तलबभत्ता वृद्धि, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा, अवकाश, उपदान, बिमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनुपर्ने लगायत ७ बुँदे माग राखेको छ । तर व्यवस्थापन पक्षले भने कर्मचारीका माग तत्काल पूरा गर्न नसकिने स्पष्ट पारेको छ । अस्पताल उपनिर्देशक डा. दिनेश श्रेष्ठ कर्मचारीका माग जायज भए पनि संस्था घाटामा रहेकाले तत्काल पूरा गर्न सकिने अवस्था नरहेको बताए ।

प्रशासकीय कार्यकक्षमा तालाबन्दी गरेका स्वास्थ्यकर्मी र कर्मचारीले गत बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन् । सरकारले उपलब्ध गराएको सेवासुविधासमेत अस्पताल प्रशासनले आफैंले राखेर कर्मचारीहरूलाई नदिएको उनीहरूको आरोप छ । अस्पताल निर्देशक डा. सुरेशकुमार कनोडियाले कोरोनाका कारण संस्थाको अवस्थालाई मध्यनजर गर्दै माग सम्बोधन गर्न नसकिने बताए । ‘कोरोनाले सबै क्षेत्रको अवस्था डामाडोल बनाएको छ,’ उनले भने, ‘यस्तो बेला कर्मचारीको सेवासुविधा बढाउने कुरै आउँदैन ।’

Related posts

आईटी आर्मीद्धारा सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकार सँग माग

hamronepaldainik

प्रेस सेन्टर नेपाल पर्सा द्वारा दुई पत्रकार पुरस्कृत

hamronepaldainik

मोही बाँडफाँट र सहकारीका लिखत रजिष्ट्रेसनमा कुनै शुल्क नलिन सर्वोच्चको अन्तरिम आदेश

hamronepaldainik
HamroNepalDainik