HamroNepalDainik.com
समाचारस्थानिय

कालिकामाईमा प्रथम उपाध्यक्ष क्रिकेट टुर्नामेन्ट सुरु,उपाध्यक्ष बरैनी द्वारा उदघाटन

वीरगंज । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको आयोजनामा प्रथम उपाध्यक्ष कप क्रिकेट टुर्नामेन्ट शनिवार देखि सुरु भएको छ ।
सो खेलको उदघाटन गर्दै प्रमुख अतिथि कालिकामाई गाउँपालिकाका उपाध्यक्ष राजमती बरैनीले खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरिन । उनले खेलाडी देशको गहना भएको वताउँदै खेलाडी जहिले पनि अनुशासित हुनु पर्ने बताईन ।

कालिकामाई क्रिकेट कल्बका अध्यक्ष बुलेट पटेलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा कालिकामाई गाउँपालिका अध्यक्ष पदका प्रत्यासी अजय कुमार पटेल, कालिकामाई गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष लालबाबु राउत बरै, वडा नं. २ का अध्यक्ष सोनालाल चौरसिया, वडा नं. ३ का अध्यक्ष संजय पटेल, वडा नं. ४ का अध्यक्ष संजय साह गोड, डा. सुरेन्द्र चौरसिया, प्रभु साह तेली, रामासिस प्रसाद, राधकिसुन चौरसिया, शिवशंकर चौरसिया, स्थानीय, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

Related posts

पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस

hamronepaldainik

‘जुल्मी दहेज’ को एक दिने च्यारिटी शो त्रिमुर्ती सिनेमा हलमा

hamronepaldainik

समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला भेला पुस १२ गते हुने

hamronepaldainik
HamroNepalDainik