HamroNepalDainik.com
समाचारस्थानिय

सञ्चारकर्मी र सञ्चारगृहहरुमा भएको आक्रमण र तोडफोडको विरोधमा पत्रकार महासंघ पर्साद्धारा बिरोध र्याली

वीरगंज । राजसंस्था पुनःस्थापनाको माग राख्दै शुक्रवार काठमाडौंमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मीहरु माथि आक्रमण, सञ्चार गृहमा तोडफोड र आगजनीको विरोधमा देशभरका पत्रकारहरू आन्दोलित भएका छन् ।
शुक्रबार समाचार सङ्कलन गर्ने क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले पत्रकारिता जगतलाई स्तब्ध बनाएको छ । त्यस्तै, अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी, कान्तिपुर टेलिभिजनको समाचार कक्षमा आक्रमण तथा हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड गरिएको घटनाको पत्रकार महासंघ सहित विभिन्न सञ्चार संस्थाहरूले कडा विरोध गरि रहेका छन् ।
यस घटनाको विरोधमा शनिबार वीरगंजमा नेपाल पत्रकार महासंघ पर्साले विरोध ¥याली निकालेको छ । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनालको नेतृत्वमा वीरगंजको घण्टाघरबाट निकालिएको विरोध ¥याली नगर परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिगारी, मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले सञ्चारकर्मीहरु माथि आक्रमण र सञ्चार गृहमा तोडफोड अस्वीकार्य भएको बताएका छन् । उनले दोषीलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन र कडा सजाय दिन माग गर्दै नेपालका सञ्चारकर्मी यस्ता हिंसात्मक आन्दोलनको समर्थन कुनै पनि हालतमा गर्न सक्दैनन् भने ।
नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस सङ्गठन लगायतका संस्थाहरूले घटनाको कडा भत्र्सना गर्दै स्वतन्त्र प्रेसको सम्मान गर्न, सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन र निर्वाध रुपमा समाचार सङ्कलनको वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ ।
यस घटनाले मुलुकमा प्रेस स्वतन्त्रताको सुरक्षा र सञ्चारकर्मीको हक हित प्रति गम्भीर प्रश्न खडा गरेको छ । पत्रकार महासंघ तथा विभिन्न सञ्चार निकायहरूले सरकारले तत्काल ठोस कदम नचाले थप आन्दोलनको घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।
शनिवार नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवस भए पनि शुक्रवार आन्दोलनकारीद्धारा सञ्चारकर्मी तथा सञ्चारगृहहरुमा भएको आक्रमणको विरुद्ध पूर्व निर्धारित कार्यक्रमहरुलाई स्थगित गरी बिरोध प्रदर्शन गर्न बाध्य भएको पत्रकार महासंघ पर्साका सचिव बिजय चौहानले बताए ।
बिरोध ¥यालीमा पर्सेली सञ्चारकर्मीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Related posts

सबै संघीय निकायको चालु बजेट २० प्रतिशत घटाउने अर्थ मन्त्रालयको निर्णय

hamronepaldainik

रौतहटमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

hamronepaldainik

अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छः अर्थमन्त्री पौडेल

hamronepaldainik
HamroNepalDainik