HamroNepalDainik.com
समाचारस्थानिय

पटेर्वा सुगौलीमा किसानहरुलाई कृषि सामाग्री वितरण

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिकाले आइतबार कृषकहरुलाई कृषि सामाग्री वितरण गरेकाे छ । गाँउपालिकाकाे वडा नम्बर ५ निचुटामा तरकारी पकेट विकास कार्यक्रम अन्तर्गत किसानहरुलाई कृषि उपकरण, जैविक मल र विषादी वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएकाे छ ।

निचुटामा आयाेजित एक कार्यक्रममा गाँउपालिकाका अध्यक्ष दिनेश चाैधरीले किसानलाई सिंचाइका लागि विद्युतीय माेटर १० थान, विषादी छर्कने स्प्रे ट्यांकी ३६ थान, जैविक मल र विषादी वितरण गरेका हुन् ।

तरकारी पकेट विकास कार्यक्रमका लागि गाँउपालिकाले विनियोजन गरेकाे ६ लाख रुपैयाँ बजेटबाट ती सामग्रीहरु खरिद गरि आइतबार वितरण गरिएको गाँउपालिकाकाे कृषि शाखा प्रमुख सिमा चाैधरीले जानकारी दिइन् ।

आ.व २०७८/०७९ मा स्थापना भएको तरकारी बाली पकेट कार्यक्रमकाे निरन्तरता अन्तर्गत आ.व २०७९/०८० पनि श्री सहकारी संस्था निचुटालाई तरकारी पकेट विकास कार्यक्रमलाई निरन्तरता दिदै कृषकहरुलाई कृषि सामाग्री वितरण गरिएकाे जनाइएकाे छ ।

Related posts

एकता वार्ता चलिरहँदा एमालेमा महाधिवेशनको प्रस्ताव

hamronepaldainik

आशीर्वाद वचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik

गाउँ सभाकाे बिषयलाई लिएर कालिकामाईमा झडप, वडाध्यक्ष पटेल घाईते

hamronepaldainik
HamroNepalDainik