HamroNepalDainik.com
राजनीतिसमाचार

ठाकुरराम क्याम्पसमाको स्ववियु चुनावमा खस्याे ४० प्रतिशत मत

६ चैत,वीरगन्ज

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा १६ बर्षपछि भएको स्ववियु निर्वाचनमा ४० प्रतिशत मात्रै मत खसेको  छ।

ठाकुरराम क्याम्पसमा यसअघि २०६३ सालमा स्ववियु निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित स्ववियु पदाधिकारी र सदस्यको कार्यकाल २०६५ सालमा सकिएको थियो । त्यस पछी  यता ठाकुरराम क्याम्पसमाभने स्ववियु निर्वाचन नै हुन सकेको थिएन।
मंगलबार बिहान १० देखि साँझ ५:३० बजेसम्म भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात ४ हजार २९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले जानकारी दिए।

मंगलबार बिहान ८ बजेदेखि नै मतदान सुरु हुने भनिएतापनि तयारी पूरा नभएका कारण बिहान १० बजेदेखि मात्रै मतदान सुरु भएको थियो।
ठाकुरराम क्याम्पसमा स्ववियु सभापति पदका लागि विभिन्न दल निकट र स्वतन्त्र समूहबाट गरि १४ जना चुनावी प्रतिस्पर्धामा छन्।प्रत्यक्षतर्फ सभापति,सचिव र कोषाध्यक्ष र ११ सदस्य तथा समानुपातिकतर्फ १० सदस्य गरि कूल २१ पदका लागि २४७ जनाको उम्मेदवारी परेको थियो।

प्रमुख निर्वाचन अधिकृत सिंहले मंगलबार राति १० बजेदेखि मतगणना सुरु गरिने जानकारी दिए। सुरक्षा निकायका प्रमुखर स्ववियु सभापतिका १४ जना उम्मेदवारहरुको सहमतिमा मतगणना राति १० अर्थात अबको केहि बेरमा  सुरु गर्ने निर्णय गरिएको जानकारी उनले दिए।

Related posts

मन्त्री यादवद्वारा छानबिन समिति गठन

hamronepaldainik

कालिकामाई ३ मा एकै दिन स्केब कल्भर्ट र स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

hamronepaldainik

अवधि नपुगी कर्मचारी सरुवा गर्नेमाथि कारबाही हुने : अख्तियार

hamronepaldainik
HamroNepalDainik