HamroNepalDainik.com
समाचार

गृहमन्त्रीले दोहोर्‍याए : राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ

३० वैशाख, मोरङ ।  गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुने बताएका छन् । गभर्नर अवकाशमा जानु एक महिना पहिले नै नियुक्त गरिसक्नुपर्नेमा राष्ट्र बैंकको नेतृत्व कायम मुकायम गभर्नरले गरेको अवस्थामा पनि गृहमन्त्री लेखकले चाँडै नियुक्त हुने बताएका हुन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले कांग्रेस र एमालेबीच सहमतिका आधारमा गभर्नर चाँडै नियुक्त हुने दाबी गरेका हुन् ।

गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवं आर्थिक समृद्धिका लागि एमाले र कांग्रेसबीच सहमतिका आधारमा निर्माण भएको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म सञ्चालन हुने दाबी गरेका थिए ।

वर्तमान सरकार जनतामा छाएको निराशालाई चिरेर आशाको किरण दिन गठन भएको उनले बताइ । गृहमन्त्री लेखकले संविधान र वर्तमान व्यवस्थाविरूद्ध राजावादीका कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेका थिए । नेपाली जनताको ठूलो संघर्ष, त्याग एवं बलिदानबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अन्य कुनै निरंकुश व्यवस्था व्यवस्था हुन नसक्ने उनले बताए ।

गृहमन्त्री लेखकले वर्तमान सरकारले १० महिनामा गरेको उपलब्धिहरूको प्रशंसा गर्दै आर्थिक सूचकांक र अर्थतन्त्र सवलीकरणतर्फ अगाडि बढिरहेको बताए ।

Related posts

नेकपा एकीकृत( समाजबादी )को उमेदवारहरुको प्रचार अभियान तिब्र

hamronepaldainik

दुई सप्ताह पछि बालकको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ

hamronepaldainik

वीरगञ्जमा शङ्खधर साख्वा पार्कको उद्घाटन सम्पन्न,पार्क सर्वसाधारणका लागि खुला

hamronepaldainik
HamroNepalDainik