HamroNepalDainik.com
Uncategorizedसमाचारस्थानिय

बिन्दवासिनी -५ प्रसौनीमा नि:शुल्क आखाँ शिविर समपन्न

वीरगंज २२ मंसिर

पर्साको विन्दवासिनी गाउँपालीका वडा नं ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पव्लिक विधालयको प्राङ्गणमा आज एक दिवसीय आँखा शिविर सम्पन्न भएको छ।

“सबैलाई प्रेम गर कसैलाई घृणा न गर“ भन्ने मुल नाराका साथ आज आखाँ शिविर सम्पन्न भएको छ।
केडिया आखाँ अस्पतालको प्रविधि सहयोगमा र स्थानीय आयोजक अहमदिया संघ नेपालको आयोजनामा शिविर सम्पन्न भएको छ।

शिविरमा ४५२ जनाको आखाँ जाँच गरिएको थियो जस्मा १५० जना मोतियाबिन्दुको बिरामी फेला परेका छन्। मोतियाबिन्दुको बिरामीको अप्रेसन परवानीपुर केडिया आखाँ अस्पतालमा हुने सो शिविरमा केडिया आखाँ अस्पतालको प्रविधिक डक्टर डा अम्बिका साह,व्यास महतो,कैशल कुमार कर्ण रहेका थिए।

सो कार्यक्रमको पुर्व प्रदेश सभा सदस्य प्रह्लालाद गिरीको मुख्य आतिथ्यमा सम्पन भएको छ। भने विशिष्ट अतिथि विन्दवासिनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष मोहन राउत अहिर ,केडिया आखाँ अस्पतालका डा. राज किशोर साह रहेका थिए।

शिविरमा चेकजाँच गर्दा मोतियाबिन्दुको विरामी फेलापरेमा निशुल्क केडिया आखाँ अस्पतालमा अप्रेसन हुने स्थानिय आयोजक संस्थाका प्रतिनिधि बारा पर्सा इन्चार्ज हासिम अहमदले बताए।

आखाँ शिविर कार्यक्रम अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमदको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अहमदिया संघ नेपालका बारा पर्सा इन्चार्ज हासिम अहमदले गरेका थिए।

Related posts

प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण भदौ ३१ मा

hamronepaldainik

सशस्त्र प्रहरीद्वरा ट्रक सहित ठुलो मात्रामा लागु औषध गाजा बरामद

hamronepaldainik

कांग्रेस प्रदेश तथा स्थानीय निकाय विभागको सदस्यमा युवा नेता चौरसिया मनोनित

hamronepaldainik
HamroNepalDainik