HamroNepalDainik.com
Uncategorizedसमाचार

सशस्त्र प्रहरीद्वरा ट्रक सहित ठुलो मात्रामा लागु औषध गाजा बरामद

बारा, ६ श्रावण / बाराको महागढीमाई नगरपालिका वडा नम्बर ५ तेलगाई नजिकैबाट सशस्त्र प्रहरी बल नेपालले ठुलो मात्रामा लागु औषध सहित ट्रक बरामद गरेको छ । १ सय ५० किलोग्राम लागु औषध गाजा बोकेको ट्रक भारततर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको हो ।
बिशेष सुचना पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल छिन्नामस्ता २ नम्बर बाहिनीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले लागु औषध गाजा सहित ट्रक बरामद गरेको छ । डिआईजी गणेश ठाडा मगरको ठाडो आदेशले खटिएको स्कवाड टोलीले लागु औषध गाजा, ट्रक, चालक सहित भारतीय गाजा तस्करलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । बा ५ ख ८०७५ नम्बरको ट्रकमा लागु औषध गाजा लोड गरी भारततर्फ गइरहेको बिशेष सुचनाको आधारमा पक्राउ गर्न सफल भइएको डिआईजी गणेश ठाडा मगरले बताउनु भयो ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको कैलाश गाउपालिका वडा नम्बर ६ सानुलेख निवासी २९ बर्षिय राजकुमार रुम्वा र भारतको मोतिहारी जिल्ला संग्रामपुर थाना वडा नम्बर ११ भरवलिया निवासी श्याम महतोलाई लागु औषध गाजा सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । शुक्रवार करिब १० बजेको समयमा बरामद भएको लागु औषध गाजा सहित ट्रक तथा चालक सहित लागु औषध तस्करलाई अवाश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बारामा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

Related posts

पर्साका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

hamronepaldainik

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री आक्रोसित, भने– संघीयता विरोधीहरु बदनाम गर्न खोजियो

hamronepaldainik

सामुदायिक विद्यालयमा आधुनिक शिक्षाको शुरुवात मन्त्री अन्सारीले गरे उद्घाटन

hamronepaldainik
HamroNepalDainik