HamroNepalDainik.com
समाचारस्थानिय

मुस्लिम युवक मियाले भुईपरि गर्दै पुगे छठ घाट

वीरगन्ज । भक्ति र लोक आस्थाको चाड छठ पर्व प्रति आस्था राख्ने मुस्लिम समुदायका एक युवकले छठ पूजाको भोरिया घाट भुईपरि गर्दै पुजापाठ गरेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बस्ने ३५ वर्षीय रसुल मियाँले घरबाट करिब ४ सय मिटर टाढा रहेको  तिलावे पुल नजिक छठ घाट सम्म भुईपरि गरेका हुन ।

हिन्दु धर्म र छठी माई प्रति विशेष आस्था रहेको र सौभाग्यशाली व्यक्तिले माताको पुजाआजा सहित भुईपरि गर्न पाउने भएकोमा आफुलाई पनि यसो गर्न पाउँदा खुसी आभास भइरहेको मियाले बताए ।

आज छठको अन्तिम दिन सप्तमी तिथिमा व्रतालुहरू प्रसाद र फलफूल सुपली र ढकनीमा सजाएर सूर्यको उदयअघि नै जलाशयमा प्रवेश गरेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए ।

कात्तिक शुक्ल पक्षको चौथो तिथिदेखि सुरु भएर चार दिनसम्म चल्ने छठ पर्वको पहिलो दिन मङ्गलवार ‘नहाय-खाय’ विधिबाट प्रारम्भ भएको थियो । पहिलो दिन व्रतालुहरूले पवित्र जलले स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेका थिए ।

त्यसको भोलिपल्ट बुधवार ‘खरना’ अर्थात् रसियाव रोटी विधिमा व्रतालुहरूले दिनभर उपवास गरी साँझमा दूध र चामलबाट बनेको खिर, केरा र मिठाइहरू छठी मातालाई अर्पण गरी प्रसादका रूपमा परिवारलाई वितरण गरेका थिए ।

हिजो षष्ठी तिथिमा बिहीबार छठ पर्वको मुख्य विधि सझिया घाटका दिनमा व्रतालुहरूले दिउँसो स्नान गरी नयाँ र चोखो वस्त्र धारण गरी नदी, पोखरी वा तलाउमा तयार पारिएको छठ घाटमा उपस्थित भई पूजा गरेका थिए । आज उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन भएको छ ।

छठ पर्वले धार्मिक, सांस्कृतिक, सामाजिक र आध्यात्मिक एकताको सन्देश दिनुका साथै तराई-मधेसको मौलिक पहिचानलाई सिँगार्दै समाजमा सहिष्णुता, शान्ति र सद्भाव फैलाउने काम गरेको छ ।

Related posts

वीरेन्द्रनगर नगरपालिकाको एक वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

hamronepaldainik

कानु समाज नेपाल पर्साको बैठक समापन

hamronepaldainik

समयमा बजेट निकासा नहुँदा कृषि औजार कारखाना सञ्चालनमा समस्या

hamronepaldainik
HamroNepalDainik