HamroNepalDainik.com
समाचार

वीरगंजमा अत्याधुनिक स्किन हेयर एण्ड लेजर सेन्टर संचालनमा

२ असोज, वीरगंज।
छालामा आएको कपाल, कोठी तथा ट्याटु हटाउनका लागि वीरगंजमै पहिलो पटक अत्याधुनिक उपकरणसहितको स्किन हेयर एण्ड लेजर सेन्टर संचालनमा आएको छ ।
वीरगंजको घण्टाघर नजिक संचालनमा आएको सेन्टरको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरेका छन्  ।
उनले सेन्टरबाट प्रदान हुने गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा वीरगंजवासीले प्राप्त गर्नेमा विश्वास व्यक्त गरेका  थिए ।

नयाँ नयाँ व्यवसाय संचालन हुनुले आर्थिक अवस्था चलायमान बनाउने भन्दै उनले युवा पुस्ता नविनतम कार्यमा जुट्नु खुसीको कुरा भएको पनि बताए ।
सेन्टरमा अहिलेसम्म वीरगंजमै उपलब्ध नरहेका सेवाहरु
हाइड्रा फेसियल, ट्याटु रिमुभर, हेयर रिमुभर, कार्बन लेजर, मोल (कोठी) रिमोभर सेवा उपलब्ध रहेको संचालक आरपी जयसवालले जानकारी दिए ।
यसका साथै आफूहरुले चाँडै नै सिओटु लेजर सेवा समेत उपलब्ध गराउने तयारीमाजुटेको पनि बताए ।

शुक्रबारका दिन १ सय रुपैयाँमै ओपिडी सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको भन्दै उनले सेवाग्राहीलाई सबै खाले लेजर सेवामा ३० प्रतिशत छुट दिने पनि बताएका थिए  ।
कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, डा. स्मिता झा डा.स्वाती साह लगायतको सहभागिता रहेको थियो ।

Related posts

कक्षा १० का बिधार्थीहरु लाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न।

hamronepaldainik

तराईमा चिसो बढेको कारणले छिपहरमाई गाउँपालिका क्षेत्रका बिधालय बन्द

hamronepaldainik

११ गते देखि २२ गते सम्म कलैया सस्तो रमाईलो मेला

hamronepaldainik
HamroNepalDainik