HamroNepalDainik.com
शिक्षासमाचार

नेपाल युवा परिषद्द्धारा श्री नेपाल स्काउट निमावि ईटियाहीमा बृक्षारोपण सम्पन्न

वीरगंज ।
राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा नेपाल युवा परिषद्ले असार १४ गते देखि २१ गतेसम्म देशभरी नै “एक युवा एक विरुवा” अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा अभियानको अन्तिम दिन शुक्रवार नेपाल युवा परिषद् पर्साको आयोजना र बिन्दवासिनी गाउँपालिका वडा नं. ३ ईटियाही स्थित श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालयको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
श्री नेपाल स्काउट निमाविका व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियाको विशेष सक्रियतामा स्कूल परिसरमा विभिन्न प्रजातिका करिब ५०० विरुवा रोपिएको हो ।
नेपाल युवा परिषद्का मधेश प्रदेश संयोजक श्रवण प्रसाद साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का मधेश प्रदेश कमिटी सदस्य श्रीराम गिरीले मानवजिवनलाई अति नै आवश्यक पर्ने अक्सिजनको खानिको रुपमा रहेको बोट विरुवाहरुलाई रोपेर मात्र नहुने चर्चा गर्दै गिरीले रोपिएको बिरुवाहरु संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने बताए । आफु बाँच्न र अरुलाई बचाउनको लागि हरेक मानिसले कुनै न कुनै बोट विरुवा रोपण आवश्यक रहेको सुझाएका थिए ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियाले रोपिएको विरुवालाई आफुहरुले संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए ।
बृक्षारोपण कार्यक्रममा नेपाल युवा परिषद् पर्साका उपाध्यक्ष अजय चौरसिया, स्कूलका प्रधानाध्यापक प्रमोद चौरसिया, शिक्षक शिक्षिकाहरु राकेश चौरसिया, पुजा साह, कमलेश चौरसिया, गिता बैठा, ललन पाण्डे, सञ्चारकर्मी दिपेन्द्र गिरी, रामेश्वर चौरसिया लगायत स्कूलका कर्मचारी एवं विद्यार्थीहरुले बृक्षारोपण गरेका थिए ।
नेपाल युवा परिषद्ले एनसेल र एफएओको सहयोग एवं सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियान २०८१ देशभरी नै सञ्चालन गरेको थियो ।

Related posts

पोखरियाको रानीगंज आयुर्वेद संस्थामा लापरवाही

hamronepaldainik

पोखरियामा नापी तथा मालपोत कार्यालयको उद्घाटन सम्पन्न

hamronepaldainik

मध्यतराईको पहिलो रेडियो, रेडियो वीरगन्जले १९ औँ वार्षिकोत्सव मंसिर १८ रक्तदान र २५ गते सांस्कृतिक कार्यक्रम गरी मनाउँने

hamronepaldainik
HamroNepalDainik