HamroNepalDainik.com
समाचारस्थानिय

मध्यतराईको पहिलो रेडियो, रेडियो वीरगन्जले १९ औँ वार्षिकोत्सव मंसिर १८ रक्तदान र २५ गते सांस्कृतिक कार्यक्रम गरी मनाउँने

पर्सा, १५ मंसिर ।

मध्यतराईको पहिलो रेडियो रेडियो वीरगन्जले १९ औँ वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरेर मनाउने भएको छ ।

रेडियो परिसरमा बुधवार बिहान आयोजित पत्रकार सम्मेलनमार्फत रेडियो वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साहले वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गर्ने जानकारी दिए ।

उनले यही मंसिर १८ गते बृहत रक्तदान कार्यक्रम गरेर साताव्यापी कार्यक्रमको सुरुवात गरिने बताए । हरेक वर्ष जस्तै यस वर्ष पनि बृहत रुपमा रक्तदान कार्यक्रम गरिने र त्यसको सम्पुर्ण तयारीसमेत पूरा भइसकेको छ ।वीरगन्ज सबैभन्दा बढी रक्त संकलन गर्ने संस्थाको रुपमा समेत परिचय बनाउन सफल मुर्ली बगैचास्थित रेडियो वीरगन्जले २५ गते बृहत सांस्कृतिक कार्यक्रम समेत गर्ने अध्यक्ष साहले बताए । राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको उपस्थितीमा साताव्यापी कार्यक्रमको अन्तिम दिन मंसिर २५ गते दिउँसो १ बजे वीरगन्जको आदर्शनगरमा बृहत सांस्कृतिक कार्यक्रम हुने आयोजकले जानकारी दिए ।

सांस्कृति कार्यक्रममा लोकप्रिय कलाकार प्रकाश सपुत, हेमन्त शर्मा, गायिका एलिना चौहान, अस्मिता अधिकारी, गायक कमल खत्री, सञ्जु अमात्य, सुनिल पण्डित, हाँस्य कलाकार सुबोध गौतम, कलिउड डान्स ग्रुप हेटौडासहित स्थानीय स्तरका कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने अध्यक्ष साहले बताए ।

अध्यक्ष साहकाअनुसार १८ गतेदेखि २५ गतेको बिचमा पनि अन्य कार्यक्रमहरु हुनेछन् । बार्षिकोत्सवकै अवसरमा मंसिर २७ गतेदेखि टिभी वीरगन्जको समेत नियमित प्रसारण शुभारम्भ गर्ने अध्यक्ष साहले बताए ।

पत्रकार सम्मेलनमा सहभागि पत्रकारहरुले मंसिर २५ गते आयाेजना हुने बृहत सांस्कृतिक कार्यक्रममा स्थानिय भाषा र लाेक सांस्कृतिलाई प्राथमिकता दिनु पर्ने सुझाव दिनुका साथै जवाफमा रेडियाेका अध्यक्ष साहले स्थानिय भाषा भाेजपुरी र सांस्कृतिलाई प्राथमिकता दिने प्रतिवद्धता समेत जनाए ।

दुई दर्जन भन्दा बढी पत्रकारहरुकाे सहभागिता रहेकाे पत्रकार सम्मेलनकाे सहजिकरण रेडियाेका उज्वल घिमिरेले गरेका थिए ।

 

Related posts

भन्सार राजश्वको निश्चित प्रतिशत वीरगञ्जले पाउनुपर्छ : मेयर सिंह

hamronepaldainik

पम्पम बिलडिङको गोदाममा पर्सा प्रहरीको छापा : करोडौंको भन्सार छलीका कपडा बरामद

hamronepaldainik

वडाध्यक्ष कुटने सई साहमाथि कांग्रेसद्वारा कारबाहीकाे माग

hamronepaldainik
HamroNepalDainik