HamroNepalDainik.com
समाचार

कानु युवा समाज नेपालको कृयाशिल युवाहरुको बैठक सप्पन्न

१५ असार,बिरगंज

कानु युवा समाज नेपालका कृयाशिल युवाहरुको बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ । वीरगंजस्थित गेटवे होटलमा सम्पन्न बैठकमा कानु समाजबाट प्रतिनिधित्व गर्ने युवाहरु छलफल गरेका थिए ।

कानु समाज नेपाल पर्साको जिल्ला सचिव श्रवण साहको अध्यक्षतामा बसेको बैठकले हरेक वडा स्तरमा कानु युवा समाजको समितिको गठन गर्ने तथा कानु समाजमा रहेका युवाहरुलाई समितीमा सक्रिय गराउने छलफल भएको थियाे ।

त्यस्तै अहिले रक्त संचार केन्द्र वीरगंजमा रगत अभाव देखिएकोले कानु युवा समाजले रक्तदान कार्यक्रमको आयोजना गर्ने तथा आउदो वर्ष देखि एसईईमा उत्कृष्ट अंक ल्याउने कानु समाजका छात्रछात्रालाई सम्मान गर्ने निर्णय पनि निर्णय गरेकाे छ ।

बैठकमा सहभागि युवाहरुले शनिबार असार १५ गते धान दिवसको अवसर पारेर दहि चिवरा खाएर शुभकामना आदानप्रदान समेत गरेका थिए । साे छलफल बैठकमा वीरगंजका मुन्ना साह, राजेश साह, प्रणय साह, विबेक साह, ओम प्रकाश गुप्ता, अखिलेश साह, राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

Related posts

छिपहरमाई गाउँपालिकाकामा शिक्षकहरु द्वारा तालाबन्दी

hamronepaldainik

ने.रा.मा.वि. निचुटामा साईकल वितरण

hamronepaldainik

कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

hamronepaldainik
HamroNepalDainik