HamroNepalDainik.com
समाचारस्थानिय

कालिकामाई गाउँपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

वीरगन्ज (पर्सा) । अख्तियार दुरुपयोग आयोग हेटौंडाको टोलीले पर्साको कालिकामाई गाउँपालिकामा छापामारी गरेको छ ।

गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले ब्यापक भ्रष्टाचार गरेको

समाचारहरु बिभिन्न सञ्चार माध्यममा प्रकाशन भएको तथा गाउँपालिका बिरुद्ध लिखित उजुरी परेपछि अख्तियारको टोली छानविन गर्न गाउँपालिका कार्यालयमै पुगेको हो ।

टोलीले शंकास्पद योजना तथा कार्यक्रमहरुको कागजात आफ्नो नियन्त्रणमा लिनुको साथै गाउँपालिकाको बिभिन्न वडामा संचालन भएको योजनाहरुको स्थलगत अवलोकन समेत गरेको छ।

टोलीले कार्यालयका कर्मचारीहरुसँग सोधपुछ गर्नुको साथै तीन दिनको अवधीमा कार्यालयबाट संचालन भएको योजनाहरुको फाइलहरुको समेतको अध्यन गरेको बताइएको छ । सो क्रममा अख्तियारको टोलीले गाउँपालिकामा कार्यालयको कर्मचारी तथा जनप्रतिनिधिहरुको मिलोमतोमा बिभिन्न योजनाहरुमा चरम भ्रष्टाचार भएको प्रमाणहरु फेला पारेको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका उप–सचिव एवम् सूचना अधिकारी विष्णु प्रसाद सापकोटाले कालिकामाई गाउँपालिले संचालन गरेको विकासे योजना, कर्मचारी भर्ना, सम्मान कार्याक्रम, धारा जडान कार्यक्रम, आइसुलेशन, नदी सफाई तथा सडक ढलान आदीको बिषयमा धेरै उजुरी परेको तथा आवश्यक कागजातहरु माग गर्दा गाउँपालिकाले समयमा नपठाई दिएको एवम् ताकेता गर्दा समेत सम्पर्कमा नआएपछि विज्ञ सहितको टोली छानविनको लागि गाउँपालिकाको कार्यालयमै पुगेको बताए ।

उनले केही योजनाहरुको कागजात टोली कार्यालयबाट संकलन गरेको वताउँदै उजुरीहरु उपर अनुसन्धान भइरहेको बताउँदै दोषी देखिएको खण्डमा भ्रष्टचारमा संलगन कर्मचारी तथा जनप्रतिनिधिहरु उपर कानुनी कारवाही गरिने बताए ।

यता गाउँपालिकाको कार्यालयमा अख्तियारको टोली पुगे पछि कर्मचारी तथा जनप्रतिनिधिहरु बिच खैलाबैला मच्चिएको छ । अनुसन्धानको क्रममा केही कर्मचारी, ठेकेदार तथा जनप्रतिनिधिहरु अख्तियारको फन्दामा जाने निश्चित भएपछि जनप्रतिनिधि र कर्मचारीहरुमा त्रास बढेको बताइएको छ ।

यसबारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साहसँग बुझ्दा टोली किन र केका लागि आएको आफुलाई जानकारी नभएको बताए

Related posts

उपाध्यक्ष फुलमति देवी चौधरीले आफु माथि लगाएको आरोप निराधार : जयसवाल

hamronepaldainik

जीराभवानीमा आगलागी हुँदा लाखौंको क्षति

hamronepaldainik

आईसिपि ठेक्कामा गएपछि सयौं मजदुरहरुको जागिर चट्ट, मजदुरहरु आन्दोलनमा जाने घोषणा

hamronepaldainik
HamroNepalDainik