HamroNepalDainik.com
समाचारस्थानिय

जीराभवानीमा आगलागी हुँदा लाखौंको क्षति

सेढवा । पर्साको जीराभवानी गाउँपालिका वडा नं. ५ शंकर सरैया टाेलमा मंगलबार राति आगलागी भएकाे छ ।

स्थानिय लालबहादुर दास थारुकाे घरगोठमा आगलागी हुँदा घरगोठ र पशुचौपाया जलेर नष्ट हुदा लाखौको क्षति भएको छ ।

मंगलबार आन्दाजी राति करिब १ बजेको समयमा भएकाे आगलागीमा घरगोठ पुर्ण रुपले जल्नुको साथै १८ ओटा खसीबाख्रा जलेर नष्ट भएकाे स्थानीय शिक्षक जाटाशंकर यादवले बताए ।

अत्यधिक चिसोका कारण आगो ताप्न बालिएकाे घुरबाट आगो सल्किएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ । आगलागीमा जलेकाे फुसको छानो भएको घर, काठ र पशु चौपाया गरी दुई लाख पचास हजार रुपैया बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

Related posts

सिट क्षमता भन्दा बढि यात्रु बोकी रुट पर्मिट विना महानगरमा टेम्पो कुद्दै

hamronepaldainik

पर्सामा दुई बालबालिकाको शव फेला

hamronepaldainik

हाम्रा स्रोतसाधन र जनशक्ति स्वदेशमै प्रयोग गरौँ ः अध्यक्ष दाहाल

hamronepaldainik
HamroNepalDainik