HamroNepalDainik.com
समाचारस्थानिय

जीराभवानीमा आगलागी हुँदा लाखौंको क्षति

सेढवा । पर्साको जीराभवानी गाउँपालिका वडा नं. ५ शंकर सरैया टाेलमा मंगलबार राति आगलागी भएकाे छ ।

स्थानिय लालबहादुर दास थारुकाे घरगोठमा आगलागी हुँदा घरगोठ र पशुचौपाया जलेर नष्ट हुदा लाखौको क्षति भएको छ ।

मंगलबार आन्दाजी राति करिब १ बजेको समयमा भएकाे आगलागीमा घरगोठ पुर्ण रुपले जल्नुको साथै १८ ओटा खसीबाख्रा जलेर नष्ट भएकाे स्थानीय शिक्षक जाटाशंकर यादवले बताए ।

अत्यधिक चिसोका कारण आगो ताप्न बालिएकाे घुरबाट आगो सल्किएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ । आगलागीमा जलेकाे फुसको छानो भएको घर, काठ र पशु चौपाया गरी दुई लाख पचास हजार रुपैया बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

Related posts

पत्नीकाे हत्या आरोपमा पति पक्राउ

hamronepaldainik

चिसो बढेपछि विपन्न परिवारलाई आलम द्वारा कम्बल वितरण

hamronepaldainik

हिन्दू परिष्द नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम सुरु हिन्दू परिषद् नेपालद्धारा वीरगंजमा भव्य रुपमा राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम शुभारम्भ

hamronepaldainik
HamroNepalDainik