HamroNepalDainik.com
समाचारस्थानिय

उपाध्यक्ष फुलमति देवी चौधरीले आफु माथि लगाएको आरोप निराधार : जयसवाल

वीरगंज पर्सा, फागुन २३।

पर्साको सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष प्रदीप जयसवालले उपाध्यक्ष फुलमति देवी चौधरीले आफु माथि लगाएको आरोप निराधार रहेको बताएका छन् ।

उपाध्यक्ष चौधरीले आफु माथि हिजो गाँउपालिका अध्यक्ष जयसवालले कुटपिट गरि घाइते बनाएको भन्दै लगाएको आरोपको खण्डन गर्दै अध्यक्ष जयसवालले उपाध्यक्ष चौधरीको आरोप निराधार रहेको बताएका हुन् । पत्रकार सम्मेलनकाे आयाेजना गर्दै गाँउपालिका अध्यक्ष जयसवालले उल्टै उपाध्यक्ष चौधरीले आफुलाई दुव्र्यवहार गरेको बताए ।

हिजो आफनो कार्यकक्षमा आएर उपाध्यक्ष चौधरीले गाँउपारिषदका बारे विवाद गर्ने क्रममा अचानक आफु माथि पानीको बोत्तल प्रहार गरेको अध्यक्ष जयसवालको भनाइ छ ।

जयसवालले भने ,‘ म भन्दा पहिले नै उपाध्यक्ष चौधरी मेरो कार्यकक्षमा गएर बस्नु भएको थियो, म पुग्दा गाँउपरिषद किन मलाइ नसोधिकन गरेको भनेर गाली गर्न थाल्नु भयो, भनाभन हुँदै थियो अचानक उहाले पानीको बोत्तल प्रहार गरिन ।” त्यस बेला कार्यकक्षमा वडा अध्यक्षहरु पनि रहेको र उपाध्यक्ष चौधरीले दुव्र्यवहार गर्न थालेपछि उहाँहरु नै उपाध्यक्ष चौधरीलाई उनको कार्यकक्षमा लगेर राखेको अध्यक्ष जयसवालले बताए । हातपात गरिएको भनेर लगाइएको आरोप गलत रहेको बरु चौधरीले नै आफुसंग दुव्र्यवहार गरेको उनले वताए ।

आफुसंग दुव्र्यवहार गर्ने उपाध्यक्ष चौधरी विरुद्ध कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गएर उपाध्यक्ष चौधरी विरुद्ध उजुरी दिने पनि अध्यक्ष जयसवालले बताए । यता गाउँपालिकाकी उपाध्यक्ष चौधरीले भने आफुलाइ गाँउपालिका अध्यक्षसहित वडा अध्यक्षहरुले कुटपिट गरेर घाइते बनाएको आरोप लगाएकी थिइन । तर गाउँपालिका अध्यक्ष जयसवालले यथार्थ घटना सिटी टिभीमा फुर्टेजमा कैद भएकाे वताए ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, वडा नं. १ का वडाध्यक्ष विश्वनाथ पटवारी, वडा न‌ं. २ का वडाध्यक्ष नियाज अहमद, वडा नं. ३ का वडाध्यक्ष सलिम मियाँ अन्सारी, वडा नं. जुमादिन अन्सारी, वडा नं. ५ का वडाध्यक्ष रुपलाल कुमार यादव, वडा नं. ६ का वडाध्यक्ष लालबहादुर यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Related posts

“बहिरा नागरिकको अधिकार सांकेतिक भाषामा सञ्चार ” भन्ने नाराको साथ मंगलबार पर्सा बहिरा संघको १२ औं साधारण सभा सम्पन्न

hamronepaldainik

सुनजस्तो देखिने पदार्थसहित २ जना भारतीय नागरिक पक्राउ

hamronepaldainik

१३ लाख नगद सहित जगरनाथपुरका रवि पटेल पक्राउ

hamronepaldainik
HamroNepalDainik