HamroNepalDainik.com
समाचार

केमिकल बोकेको ट्रकमा आगलागी

११ वैशाख, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, बन्छेटारमा गुडिरहेको एक ट्रकमा आगलागी भएको छ । ना ४ ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको हो ।

केमिकल लोड गरिएको उक्त ट्रक रुपन्देहीको सुनौलीबाट काठमाडौंतर्फ आइरहेको थियो । आगलागीको कारण खुलेको छैन तर केमिकलहरु एकापसमा ठोक्किएर आगो लागेको हुनसक्ने अनुमान छ । उक्त ट्रकमा औषधिमा प्रयोग हुने केमिकल लोड भएको अनुमान छ । तर, कस्तो खालको केमिकल हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

आगलागी भएपछि राजमार्गमा दुवैतर्फको सवारी आवागमन प्रभावित भएको थियो । आगो निभाउन धुनिबेसी नगरपालिकाबाट दमकल मगाइएको थियो । तर दमकल आउन ढिला भएकाले आगो ट्रकभरी फैलिएको थियो ।

दमकलको सहायतामा आगो निभाएपछि अहिले अवस्था सामान्य रहेको र राजमार्गमा गाडीहरु निर्वाध रुपमा चलिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता मकेन्द्र मिश्रले जानकारी दिए । उनका अनुसार आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । उक्त ट्रक सुशील विकले चलाएका थिए । उनी पनि सकुशल छन् । अनलाईन खबर

Related posts

सम्बन्धित निकाय मौन हुदा पर्सा मालपोत कार्यालय बिरगंजमा लफडा सेवा ग्राहीलाई सास्ती

hamronepaldainik

पटेलको अध्यक्षतामा समाजवादी प्रेस संगठन पर्साको २७ सदस्यीय कार्य समिति चयन

hamronepaldainik

जगरनाथपुर गाउँपालिका पूर्ण खोप घोषणा

hamronepaldainik
HamroNepalDainik