HamroNepalDainik.com
समाचारस्थानिय

कर सम्बन्धि एक दिने तालिम सम्पन्न

वीरगंज ४ बैशाख ।

आर.के.एल दास एण्ड कम्पनी वीरगंज पर्साको आयोजनामा शनिबार एक दिने कर सम्बन्धि तालिम सम्पन्न भएको छ । आयोजक संस्थाको श्रीपुर स्थित कार्यालयमा भएको कार्यक्रममा ठाकुरराम बाहुमुखी क्याम्पसका बिबिएका छात्र छात्राहरुको सहभागीता रहेको सो तालिममा राजेन्द्र कुमार लाल दास र सिमरा कर कार्यालयका कर अधिकृत टंकमणि घिमरेले प्रशिक्षण दिनु भएको थियो ।

ठाकुरराम बाहुमुखी क्याम्पस व्यवस्थापन संकय अन्तर्गत लेखाशास्त्र शिक्षण समितिका बिभाग अध्यक्ष उप –प्राध्यापक, रजिस्टर्ड अडिटर तथा टैक्स कान्स्लटेन्ट राजेन्द्र कुमार लाल दासको अध्यक्षतामा भएको सो तालिममा प्रमुख अतिथि ठाकुरराम बहुमुखि क्याम्पस वीरगंजका क्याम्पस प्रमुख डा. उमेश चौरसिया, विशिष्ट अतिथि सिमरा कर कार्यालयका कर अधिकृत टंकमणि घिमरे, त्यसैगरी ओमेन स्किल सेन्टरका अध्यक्ष चंचाला दास लगायतकाले कर सम्बन्धि जानकारी दिनु भएको थियो ।

Related posts

एमालेले बोलायो सचिवालय बैठक

hamronepaldainik

वीरेन्द्रनगर नगरपालिकाको एक वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

hamronepaldainik

एडि मैक्सको आयोजनामा होटल मकालुमा दु दिने शैक्षिक मेला सुरु

hamronepaldainik
HamroNepalDainik