HamroNepalDainik.com
शिक्षासमाचारस्थानिय

छिपहरमाईमा एक शिक्षिका सहित १२ जना नयाँ शिक्षकको पदस्थापन

७ वैशाख,वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा एक शिक्षिका सहित १२ जना शिक्षक पदस्थापन भएका छन् । शिक्षक सेवा आयोगले लिएको परीक्षामा पर्सा जिल्लाबाट नाम निकालेर सिफारिस भएका नवप्रवेशी शिक्षकशिक्षिकाहरुलाई शुक्रबार एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो ।

छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले १२ जना शिक्षकशिक्षिकालाई टीका लगाई पदस्थापन पत्र प्रदान गरेका हुन् । साथै उनले दत्तचित्त भएर शिक्षण पेशामा समर्पित भई पालिकाको शैक्षिक विकासमा सहयोग गर्न पनि आग्रह गरेका छन् ।

पालिकामा शैक्षिक जनशक्ति अभाव खट्किएको अवस्थामा नियुक्त भएर आएका शिक्षकशिक्षिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने अध्यक्ष गुप्ताको विश्वास रहेकोछ ।

सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक रौनियार , शिक्षा शाखा प्रमुख मुकेश चौरसिया,शिक्षक नेता प्रभु गिरि लगायतको उपस्थिती रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विधालय टिहुकीका शिक्षक मनोज पटेलले जानकारी दिए ।

Related posts

राष्ट्रिय जनगणना २०७८ को लागि पर्सामा सुपरिवेक्षकहरुको पुनर्ताजगी तालिम संचालन

hamronepaldainik

“पार टि स्ट्रिट क्याफे” को उद्घाटन सम्पन्न

hamronepaldainik

ठेक्केदार सिंगासनले जनतालाई अनावश्यक लोभ देखाउदै करोडौं करोड बाडन तमत्यार

hamronepaldainik
HamroNepalDainik