HamroNepalDainik.com
समाचार

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

६ फागुन, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत लिएका छन् ।

उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । आज आइतबार सदनमा उपस्थित १०४ मध्ये उनले पक्षमा ६९ मत पाएका छन् । विपक्षमा ३५ मत परेको छ ।

गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन् । मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् ।

यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन् । अनलाईन खबर

Related posts

परिवार दलको प्रदेश दुइको संयोजकमा सन्तोष कुमार पौडेल सर्वसम्मत चयन

hamronepaldainik

सिंहदबारमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता सुरु

hamronepaldainik

बिहिबारदेखि सरकारी खर्च ५ देखि ७ दिनसम्म रोकिने

hamronepaldainik
HamroNepalDainik