HamroNepalDainik.com
समाचार

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

६ फागुन, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत लिएका छन् ।

उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । आज आइतबार सदनमा उपस्थित १०४ मध्ये उनले पक्षमा ६९ मत पाएका छन् । विपक्षमा ३५ मत परेको छ ।

गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन् । मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् ।

यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन् । अनलाईन खबर

Related posts

बहुदरमाइ नगरपालिकाका मेयर ले बाटो मिची आफ्नो साह दरबार होटल बनाएको आरोप

hamronepaldainik

बिन्दबासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका लागि नेपाली कांग्रेसको तर्फबाट चौरसिया मनोनयन दर्ता

hamronepaldainik

वीरगन्ज महानगरमा ई–रिक्साहरु व्यवस्थित नहुँदा दिनहुँ ट्राफिक जामको समस्या

hamronepaldainik
HamroNepalDainik